
पोखरा-हंगेरीको राष्ट्रिय खेल टेकबल नेपाल भित्रिएसँगै गण्डकी प्रदेशमा खेलको विकास र विस्तारको लागि प्रदेशस्तरीय टेकबल तदर्थ समिति गठन गरिएको छ । छोटो समयमै अन्तराष्ट्रिय मान्यता प्राप्त टेकबलको गठित समितिको अध्यक्षमा सुजन आचार्यले चयन भएका छन् । उपाध्यक्षमा पोषणबहादुर थापा, सचिवमा सन्तोष रेग्मी र कोषाध्यक्षमा सुजा गुरुङ रहेका छन् ।
यसैगरी सदस्यहरुमा दिपक राजभण्डारी, धमेन्द्रकुमार घोरासैनी, सुदिप आचार्य, मन्जु क्षत्री, आशिष श्रेष्ठ, तिलबहादुर सेन र प्रकाश थापा रहेका छन् । समिति गठन भएसँगै प्रदेशमा टेकबलको जिल्ला समिति गठन गर्ने जनाएको छ । सानो क्षेत्रमा समेत खेल्न मिल्ने भएकोले पनि यो खेल निकै प्रभावकारी हुने विश्वास समितिको छ । टेवल टेनिस, फुटबल र सेपाक ताक्रोको मिश्रणको रुपमा यो खेल विकसित भएको मानिन्छ ।
राष्ट्रिय खेलकुद परिषदका पूर्व बोर्ड सदस्य सम्पन्न श्रेष्ठको विशेष आतिथ्यतामा समिति गठन गरिएको हो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…