
पोखरा-आदर्श युवा क्लब भण्डारढीकको आयोजनामा आगामी मंसिर २२ गतेदेखि सञ्चालन हुने २५ औं आदर्श कप फुटबल प्रतियोगितामा तीन विभागीय टोलीको सहभागिता निश्चित भएको छ । क्लबका अध्यक्ष पदम गुरुङका अनुसार तीन विभागीय टोलीको मात्रै निश्चित भएको हो । तनहुँ, स्याङजा र कास्कीको टोलीको तय भईसकेको छैन् ।
प्रतियोगितामा ८ टोलीलाई समावेश गर्ने क्लबले जनाएको छ । प्रतियोगिताको प्रथम पुरस्कार ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ रहेको । दोस्रो पुरस्कार २ लाख २५ हजार ५ सय २५ रुपैयाँ प्रदान गरिने छ ।
विधागत रुपमा सर्वोत्कृष्ठ खेलाडीलाई २५ हजार, गोलरक्षक, डिफेन्स, मिडफिल्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षकलाई नगद जनही १५ हजार रुपैयाँ प्रदान गरिने छ । खेलमा प्लेयर अफ दि म्याच घोषित खेलाडीलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने छ । अनुशासित टोलीलाई समेत ट्रफी प्रदान गरिने छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…