
पोखरा(खेलाडी न्युज)—सन्दीप लामिछानेले दोस्रो ओभर बलिङ गर्ने क्रममा केवल एक रन खर्चिएर विकेट लिएका छन् । उनले बाबर हायात आउट भएलगत्तै क्रिजमा छिरेका रथलाई एक रनमै पवेलियनको बाटो देखाए । हङकङले तीन महत्वपूर्ण विकेट गुमाईसकेको छ । बसन्त, सोमपाल र सन्दीप लिए विकेट ।
पेस बलर करण केसीले दशौं ओभरमा दश रन दिएपछि हङकङको रनरेट उकालो लाग्यो । बसन्त रेग्मीले हङकङको पहिलो विकेट लिएका छन् । उनले २१ बल खेल्दै ९ रन जोड्ने क्रममा क्रिष्टिफर कार्टरलाई पवेलियन फर्काए । नेपालका कप्तान पारस खड्काले रन रोक्ने रणनीति बनाईरहेका छन् । सन्दीप लामिछानेले पहिलो ओभरको दोस्रो बलमा निजाकट खानको व्याटबाट चौका निस्कियो ।। उनले व्यक्तिगत चौथो ओभरमा पहिलो बलमा चौका दिए । दोस्रो बलमा बावर हायातको विकेट लिए । हायातले २० रनमा आउट भएका हुन् ।
नेपालले टस हारेर बलिङ गर्दै छ । आज दुवैको लक्ष्य सुपरसिक्सको हुने छ । हङकङलाई जितमात्रै पुग्छ तर नेपाललाई जितपनि फराकिलो हुनुपर्छ । नेपाली बलरले निकै किफायति बलिङ गर्नुपर्ने खाँचो छ । सोमपाल कामीले पाँचौ ओभरमा वाईडमा चौका दिए । रन रोक्दै सस्तैमा समेट्नुपर्ने आवश्यकता छ । त्यसले गर्दा फराकिलो जित सम्भव हुने देखिन्छ । करण केसी दशौं ओभरमा निकै महंगा बन्न पुगे ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…