हेल्प नेपाल भारतीय टोलीसँग पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १३ गते २०८१ मा प्रकाशित


पोखरा-साविक विजेता टिपटप हेल्प नेपाल स्पोर्टस क्लब आमन्त्रित टोली सुनिल भलिबल क्लब कुरुक्षेत्र भारतसँग पराजित भएको छ । आईतबार पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको प्रतिस्पर्धामा पहिलो सेट आफनो पक्षमा पारेर जितसहित शुरुवात गरेको हेल्प नेपालले बाँकी तीन सेट पाहुना टोलीलाई सुम्पिदैं हारबाट प्रतियोगिताको थालनी गर्यो ।

एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले पहिलो सेट २२–२५ ले गुमायो । तर खेलमा फर्किएको भारतीय टोलीले दोस्रो सेट २५–२३, तेस्रो २७–२५ र चौथो सेटमा २५–१६ ले आफ्नो पक्षमा पार्दै जित निकाल्यो । यसअघि भएको खेलमा महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।