
पोखरा-नेपाल सुपर लिगको ट्रफीको पोखरा ल्याइएको छ । विभिन्न शहर भ्रमण गराउने योजनासहित शनिबार पोखरा रंगशालामा सार्वजनिक गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास एवं युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले ट्रफी सार्वजनिक गरे । ट्रफीलाई नेपालको विभिन्न शहरमा परिक्रमा गरिने कार्यक्रम रहेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…