
इटहरी(खेलाडी न्युज)—दोहोरो जित निकाल्दै प्रदेश नं ४ इटहरीमा अयोजित प्रथम प्रदेशस्तरीय मेयरकप पुरुष भलिबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । प्रदेश नं ४ ले पहिलो खेलमा प्रदेश ६ लाई र दोसो खेलमा प्रदेश ५ लाई सोझो सेटमा पराजित गर्दै सेमिफाईनल सुरक्षित गरेको हो ।
प्रदेश नं ६ लाई २५—६, २५—१६ र २५—२३ ले पराजित गरेको प्रदेश ४ ले दोस्रो खेलमा प्रदेश ५ लाई २५—२३, २५—१५ र २५—२१ को सेटमा पराजित गर्दै अन्तिम चार पक्का गर्यो । त्यसैगरी अर्को खेलमा प्रदेश १ ले प्रदेश ७ लाई २५—१९, २५—१७ र २५—२० को सेटमा पराजित गरेको छ ।
इटहरी उपमहानगरपालिकाको आयोजना तथा पुर्वाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा आयोजित प्रतियोगिता विजेता टोलीले नगद २ लाख पुरस्कार पाउने छ । दोस्रो हुने टोलीले एकलाख, तेस्रोले ५० हजार र चौथो एवं सान्त्वना हुने टिमले २५ हजार रुपैयाँ पाउने छन् । उत्कृष्ठ खेलाडीले १० हजार र विभिन्न विधाका उत्कृष्ठ खेलाडीले भने जनही ५—५ हजार रुपैयाँ प्रदान गरिने नेपाल भलिबल संघका बरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…