
एजेन्सी—टेनिसका शीर्षस्थानमा रहेका स्वीस खेलाडी रोजर फेडेररले दक्षिण कोरियन खेलाडी ह्युन चुङलाई सोझो सेटले पराजित गर्दै बीएनपी परीबस ओपन टेनिसको सेमिफाईनलमा प्रवेश गरेका छन् । ३६ वर्षिय फेडेररले कोरियन खेलाडीलाई ७—५, ६—१ को सोझो सेटमा पराजित गर्दै उपाधि तर्फ उन्मुख हुदैं गएका हुन् । उनले कोरियन खेलाडी चुङलाई अष्ट्रेलियन ओपनमा पराजित गरेका थिए । चुङ घाईते भएपछि खेल परित्याग गरेका थिए ।
यसैगरी अर्को खेलमा बोर्ना कोरिचले केभिन एन्डरसनलाई २—६, ६—४ र ७—६ को पराजित गरेका छन् । महिला तर्फ दशौं स्थानमा रहेकी एन्जेलिक्यु करबेरलाई २० औं स्थानकी डोर्या कासात्किनाले ६—०,६—२ को सेटमा पन्छाईन् । उनले जितको लागि ५८ मिनेटको समय लगाईन । आठौं बरियताकी ३७ वर्षिया अमेरिकन भेनस विलियम्सले स्पेनिस कर्ला स्वारेलाई ६—३, ६—२ को सेटले पराजित अन्तिम चारमा पुगिन् । उनले अब डोर्यासँग खेल्ने छिन् । भेनसले सोझो सेटको जित निकाल्न ७१ मिनेटको समय खर्चिन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…