
पोखरा(खेलाडी न्युज)—पोखरालाई खेलकुदको राजधानी बनाउने चर्चा धेरै भईसकेको छ । खेलकुदको गतिविधि पनि नभएका होईनन् । खेलकुदको ठोस गन्तव्य बनाउने निकायसम्मको पहुँच अझैसम्म थिएन् । खेलकुदको पूर्वाधार विकास हुनेमा पोखराबासी पूर्ण विश्वस्त छन् र पोखरालाई खेलकुदको शहर बनाउने अभियानले सार्थकता पाउने अपेक्षा गरिएको छ ।
डेढ वर्षपछि पोखरामा साग गेमका पाँच खेल हुदैै छन् । त्यसको लागि आवश्यक पुर्वाधार तयार पार्नुपर्ने खाँचो छ । त्यही खाँचोलाई पोखरेली मन्त्री जगत विश्वकर्माले पुरा गर्ने आम पोखरेली खेलकुदप्रेमीले भरोसा गरेका छन् । कास्की क्षेत्र ३ नेकपा एमालेबाट प्रतिनिधि सभामा निर्वाचित हुदैं संसद बनेका विश्वकर्मा केपी शर्माले ओलीको नेतृत्वमा गठित सरकारको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
तत्कालिन लामाचौर गाविसको घार्मीमा जन्मिएका विश्वकर्मालाई खेलकुद मन्त्रीको जिम्मेवारी शुक्रबार सुम्पिईएको हो । सानै उमेरदेखि राजनीतिमा होमिएका विश्वकर्माको खासै खेलकुदको पृष्ठभूमि भने छैन् । २०५४ सालमा तत्कालिन लामाचौर गाविसको उपाध्यक्षमा निर्वाचित विश्वकर्माको राजनीतिक टर्निङप्वान्ट त्यहीबाट शुरु भएको थियो । २०५८ सालमा नेकपा एमाले जिल्ला कमिटि सदस्यमा निर्वाचित भएपछि राजनीतिक छवि निकै गहिरिदैं गएको हो ।
छविलाल विश्वकर्मा मन्त्री हुदाँ उनले स्वकीय सचिवको भूमिका निभाउँदै आफुलाई अब्बल बनाए । नेकपा एमालेको आठौं महाधिवेशनबाट केन्द्रीय बैकल्पिक सदस्य र नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुदैं पोलिटव्युरो बैकल्पिक सदस्य चुनिए । उनी नेपाल उत्पीडित जातीय मुक्ति समाजका उपाध्यक्ष समेत हुन् । विभिन्न सामाजिक क्षेत्रमा सक्रिय भूमिका रहने विश्वकर्मा नेकपा एमाले प्रदेश नं ४ का सचिव समेत हुन् । व्यवस्थापनमा स्नातक तहसम्म अध्ययन गरेका विश्वकर्माका एक छोरा र एक छोरी छन् ।
भर्खरै नेपालले क्रिकेट विश्व जगतलाई आश्चर्यमा पार्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्तया पाएको छ । क्रिकेटको पुर्वाधार विकासमा अहम भूमिका हुने अपेक्षा क्रिकेट प्रेमीले गरेका छन् । पोखरा रंगशालाभित्र क्रिकेट मैदान बनाउन आवश्यक डिपिआर गरिएपनि त्यसले पूर्णता भने पाईसकेको छैन् । क्रिकेटको लागि अन्तराष्ट्रिय न्युट्रल भेन्यु बन्ने सक्ने भएपनि त्यसतर्फ ध्यान कसैको नगईसकेको अवस्थामा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका विश्वकर्माले पोखराको खेलकुदको पुर्वाधार विकासमा टेवा पुर्याउने आशा धेरैले गरेका छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…