
पोखरा-उमेर समूहकी शीर्ष बरियताकी शिवाली गुरुङले भारतीय खेलाडीलाई सोझो सेटमा पराजित गरेकी छन् । गल्र्स सिंगल तर्फ बुधबार विहान पोखरा रंगशालास्थित टेनिस कोर्टमा भईरहेको आइटिएफ जे३० वल्र्ड टेनिस टुर अन्तर्गत शिवालीले सोझो सेटमा पराजित गर्ने क्रममा भारतीय खेलाडी मेहा पाटिललाई ६–०, ६–० ले पन्छाईन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा हिजो मंगलबार भएको प्रतिस्पर्धामा ब्वाइज सिंगल्सतर्फ प्रतीक सेओरन (भारत) ले राजबिर प्रधान (नेपाल) लाई ३–६, ६–२, ६–२ ले पराजित गरेका थिए । हराउँदै अघिल्लो चरणमा प्रवेश गरे । त्यस्तै हर्ष मरवाहा (भारत) ले नेपाली सक्षम विक्रम शाहलाई ६–४, ७–६(५) ले पराजित गर्दै अर्को चरण सुरक्षित गरे ।
ब्वाइज सिंगल्सकै अन्य खेलमा निकुञ्ज खुराना (भारत) ले सेल्विन टिस युन वोंग (हङकङ) लाई ७–६(५), ३–६, ६–४ ले हराए भने जुनलिन सु (चीन) ले क्युंग बिन आन (कोरिया) लाई ७–६(३), ६–४ ले पाखा लगाउँदै प्रि–क्वार्टरफाइनलमा स्थान बनाए । शशांक साँइ प्रसाद करणाटी (भारत) ले उत्कृष्ट प्रदर्शन गर्दै खब्बो गायेन (बंगलादेश) लाई सोझो सेट ६–१, ६–१ ले पराजित गरे ।
प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् । प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स÷गल्र्स सिङ्गल्स तथा डबल्स गरी जम्मा ४ ईभेन्टमा प्रतियोगिता भईरहेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…