
पोखरा(खेलाडी न्युज)—इग्लिस क्लबद्वय लिभरपुलले च्याम्पियन्स लिगको अन्तिम आठको सेमिफाईनल प्रवेशको लागि छिमेकी क्लब म्यानचेष्टर सिटीसँग खेल्ने अवसर पाएको छ । प्रिमियर लिगको नियमित प्रतिस्पर्धी यी दुईले च्याम्पियन्स लिगमा सार्वजनिक गरिएको खेल तालिकामा भिड्ने निश्चित भएको हो ।
सिटीले च्याम्पियन्स लिगको पहिलो उपाधिको खोजीमा रहँदा लिभरपुलले भने छैटौं पटक उपाधि उचाल्ने लक्ष्यमा छ । तर दुबैले सेमिफाईनल प्रवेशको लागि एकापसलाई पराजित गरेर अगाडि बढ्नुपर्ने बाध्यता छ । रियल मड्रिडले इटालियन क्लब युभेन्ट्ससँग क्वार्टरफाईनल प्रतिस्पर्धी पाएको छ । बार्सिलोनाले अर्को इटालियन क्लब एएस रोमासँग खेल्ने छ । बुन्डेसा लिग लीडर जर्मनीको बार्यन म्युनिखले सेभिल्लासँग प्रतिस्पर्धी पाएको छ ।
च्याम्पियन्स लिग विजेताको इतिहास हेर्दा सर्वाधिक १२ पटक रियल मड्रिडले जितेको छ । बार्सिलोना, लिभरपुल र बार्यन म्युनिखले ५—५ पटक च्याम्पियन्स लिग जितेका छन् । युभेण्ट्सले २ र अन्य तीन क्लबले उपाधि विहीन छन् । म्यानचेष्टर सिटी,सेभिल्ला र एएस रोमाले च्याम्पियन्स लिगको पहिलो उपाधि जित्ने मानसिकतामा छन् ।
सेभिल्ला र एएस रोमा पहिलो उपाधिको खोजीमा छन् । सेभिल्लाले म्यानचेष्टर युनाईटेडलाई पराजित गर्दै क्वार्टरफाईनल पक्का गरेको थियो । युभेण्ट्सले टोटनह्याम हट्सपरलाई पराजित गर्दै अन्तिम आठमा आएको हो । बार्सिलोनाले चेल्सीलाई, रियल मड्रिडले पिसएजीलाई पराजित गरेर उपाधिको खोजीमा लम्किएका हुन् । लिभरपुलले पोर्टोको चुनौतिलाई पन्छाएको थियो


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…