
पोखरा- उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा हुने १८ औं हिसान स्पोर्टस मिटको तयारी पुरा भएको छ । शिक्षाको संगै विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप खेलकुद मार्फत अघि बढाउने उद्धेश्य अनुरुप आयोजना गरिएको स्पोर्टस मिटको सम्पूर्ण तयारी पुरा भएको हिसान कास्कीले जनाएको हो ।
१८ औं संस्करणको हिसान स्पोर्टस मिट यहि पौष ३ गते देखि ७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ भने औपचारिक उद्घाटन पौष ४ गते हुनेछ । स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् ।
हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र÷छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने भएको हिसान कास्कीका सचिब किरण सापकोटाले जानकारी दिए । प्रतियोगितामा कक्षा ११–१२ छात्र भलिबलमा ३८ र छात्रातर्फ २४ टिमहरुको सहभागिता हुने छ ।
त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ४६ तथा छात्रातर्फ २० टिम भिड्नेछन् । टेवुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डब्लसतर्फ गरी २ सय ५० जना तथा व्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी कुल २ सय ५८ जनाको सहभागिता रहेको हिसान कास्कीले जनाएको छ ।
विश्वविद्यालयतर्फ बास्केटबल, टेबुल टेनिस र ब्याडमिन्टनमा सहभागिता जनाउने छन् ।
हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताले यूवा खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीले बताएका छन् । उनले भने–“यो प्रतियोगिता मात्रै होइन । यो खेलकुद उत्सव समेत हो । विद्यार्थीहरुलाई खेलकुद मार्फत उनीहरुको क्षमता अभिवृद्धि गर्नु हो भने अर्कातर्फ यूवा खेलाडी उत्पादन गर्नु हाम्रो प्रमुख उद्धेश्य हो । जुन उद्धेश्यमा हामी सफल भएका छौं ।” प्रतियोगिताले शारीरिक तन्दुरुस्ती, अनुशासन, नेतृत्व क्षमता, भातृत्व र स्वस्थ प्रतिस्पर्धाले विद्यार्थीहरु भित्र रहेको अन्तर्निहित क्षमता उजागर गर्न भूमिका खेल्ने भएकोले सफल बनाउन सबैको सहकार्य गर्न उनले आग्रह गरे ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय प्लस टुतर्फ ६६, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका १२ मध्ये ४० शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाउने छन् । उद्घाटन समारोहमा पावर लिफ्टिङकी विश्व च्याम्पियन शर्मिला शाहलाई नगद २५ हजारसहित सम्मान गरिने हिसान कास्कीले जनाएको छ । गत वर्ष हिसान कास्कीले नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको थियो । १५औं, १६औं र १७औं संस्करणको हिसान स्पोर्टस मिटको उपाधि प्रतिभा माविले लगातार तीन पटक जित्दै शिल्ड कब्जा गरेको थियो ।


पोखरा ÷ घरेलु टोलीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले पोखरामा आयोजित प्रथम महिला गोल्डकपको सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शुक्रबारको उदघाटन खेलमा नेपाल पुलिस क्लबले आरएस फुटबल क्लब पोखरालाई फराकिलो गोल अन्तरले हराउने क्रममा…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…