
दमक-दमक नमुना ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलो पटक दमक नमुना च्याम्पियनसिप २०८२ पौष दोश्रो साता हुने भएको छ । आयोजकले पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप पौष १०, ११ र १२ गते गर्ने निर्णय गरेको जनाएको छ ।
दमक नगरपालिका ७ स्थित आयोजकको आफ्नै कभर्ड हलमा हुने च्याम्पियनसिपमा विभिन्न ७ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् । उर्जाशिल नव खेलाडीहरुको उत्पादन गर्दै उद्धेश्यले आयोजना गर्न लागिएको राष्ट्रिय च्याम्पियनसिपमा खुला पुरुष युगल, खुला मिक्स युगल, खुला महिला युगल, खुला १०० प्लस पुरुष मास्टर युगल, प्रदेश स्तरीय बि डिभिजन खुला पुरुष युगल, प्रदेश स्तरीय १३ बर्ष उमेर समूह पुरुष तथा महिला गरि ७ विधामा करिव ४ सय खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।
कुल ६ लाख ६५ हजार पुरस्कार रासी रहेको च्याम्पियनसिपमा खुला पुरुष युगल र १०० प्लस पुरुष मास्टर युगल तर्फका बिजेता, उपबिजेता र सेमिफाईनलिष्टले नगद ७१ हजार, ५१ हजार र ४१ हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । यस्तै मिक्स युगल, महिला युगल र बि डिभिजन खुला पुरुष युगल तर्फ ४१ हजार, ३१ हजार र २१ हजार, उमेर समूह तर्फ १० हजार, ६ हजार र ६ हजार सहित मेडल ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बिज्ञप्तीमा जनाइएको छ ।
तीन दिने च्याम्पियनसिको अनुमानित लागत २४ लाख ७४ हजार रहेको र च्याम्पियनसिपमा जिल्ला बाहिरबाट सहभागी हुने खेलाडीहरुको खान बस्नको ब्यवस्था आयोजकले गर्ने आयोजकका अध्यक्ष प्रकाश राईद्वारा हस्ताक्षरीत बिज्ञप्तीमा जनाईएको छ । प्रतियोगिता बिडब्लुएफ र ब्याडमिन्टन संघको नियमानुसार खेलाईने समेत पत्रकार सम्मेलनमा बताईएको थियो ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…