
पोखरा-आयोजक आदर्श क्लबको यात्रा पहिलो खेलबाटै टुगिदा वालिङको होराईजन क्लब भने अन्तिम चारमा प्रवेश गरेको छ । २६ औं आदर्श कप अन्तर्गत शनिबार भण्डारढीक खेल मैदानमामा भएको प्रतिस्पर्धामा होराईजनले आयोजको चुनौतिलाई १–० गोलले पन्छायो ।
होराइजनका विश्व थापाको गोल निर्णायक बन्यो । उनले खेलको ८१ औ मिनेटमा गरेको गोलले होराईजनलाई अन्तिम चारमा प्रवेश पर्याप्त बन्यो । आयोजक भने निराश बन्न पुग्यो । विश्व थापा म्यान अफ द म्याच बन्न सफल भए ।
आदर्श युवा क्लवको आयोजनामा माघ ९ गतेदेखि १६ गतेसम्म हुने ८ टिमको सहभागीता रहेको उक्त प्रतियोगितामा आइतवार पर्वतको गन्नी एफ सी र तनहु जिल्ला फुटबल संघका टीमविच खेल हुने वताइएको छ ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…