
लेखनाथ,- वालिङ्गको होराईजन क्लव २६ औ आदर्श कप फुटबल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । लेखनाथस्थित भण्डारढीक खेलमैदानमा भएको दोस्रो सेमिफाईनलमा म्याग्दी फुटबल संघ म्याग्दीलार्ई पराजित गर्दै होराईजन फाईनल पक्का गरेको हो ।
लेखनाथको भण्डारढिक रङ्गशालामा बुधवार मौसमको प्रतिकुलमा भएको प्रतिस्पर्धामा ७३ औ मिनेटमा टिकाराज गुरुङले गोल गर्दै जित दिलाए । उनको गोल निर्णायक बन्यो । होराईजन फाईनल प्रवेश गर्यो । म्याग्दी निराश हुदैं मैदानबाट विदा लियो र।
उपाधिको लागि नेपाल प्रहरी गण्डकी प्रदेशको टोलीसँग होराईजनले खेल्ने छ । यसैविच बुधबार भएको खेलमा होराईजन क्लवका टिकाराज गुरुङले ‘म्यान अफ द म्याच’ उपादी सहित नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।
प्रतियोगिताको विजेता समुहले नगद रु. ४ लाख ९९ हजार ९ सय ९९ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टोलीले नगद रु. ३ लाख ३३ हजार ३ सय ३३ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्
व्यक्तिगत विधागत पुरस्कार तर्फ उत्कृष्ट खेलाडीलाई रु. २५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने अन्य विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई रु. १५ हजार नगद सहित सम्मान गरिने आर्दश युवा क्लवका अध्यक्ष पदम गुरुङले जानकारी दिएका छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…