
पोखरा-फागुनको पहिलो सातादेखि पोखराको फिट नेपाल स्पोर्टसकम्प्लेक्समा विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु हुदैै छ । मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्सप्लेक्सको आयोजनामा स्व. मोहन स्मृति विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा विभिन्न चार उमेर समूहका विद्यालयका विद्याथीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको पाँचौँ संस्करणमा आईपुग्दा यू–११, यू–१३, यू–१७, र यू–१९ छात्र तथा छात्रा उमेर समूहका खेलाडीहरूको प्रतिष्पर्धा गर्ने फाउण्डेसनका अध्यक्ष भूगोल गुरुङले जानकारी दिए । ब्याडमिन्टन खेलमार्फत विद्यालय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्मका उदयमान खेलाडीहरूको प्रतिभा पहिचान गर्ने, खेलकुद विकासलाई टेवा दिने तथा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
प्रतियोगिता अन्तर्गत यू—११ र यू—१३ तर्फका विजेता खेलाडीहरुलाई मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । त्यसैगरी यू–१७ तथा यू–१९ समूहमा प्रथम हुने खेलाडीले जनही मेडल, ट्रफी, प्रमाणपत्रसहित नगद ४० हजार रुपैयाँ, द्वितीयले २० हजार र तृतीयले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै समग्र पदक तालिकाका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयलाई ‘बेस्ट स्कूल ट्रफी’ प्रदान गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै जापानी प्रशिक्षक टि–यामामोतोले नेपालको ब्याडमिन्टन खेलमा राम्रो सम्भावना रहेको दाबी गर्दै फिट नेपालले ग्रासरुट तहको खेल विकासमा उल्लेखनीय योगदान दिएको बताए । त्यसैगरी फाउण्डेसनका सल्लाहकार जयराज हमालले मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिताले पोखरा क्षेत्रको ब्याडमिन्टन खेलको विकासमा महत्वपूर्ण सहयोग पुग्व्ने विश्वास व्यक्त गरे ।
फिट नेपाल र मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसनको मुख्य नारा “रोड टु ओलम्पिक” रहेको छ । प्रतियोगिताले विद्यालयस्तरका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरतर्फ अघि बढ्न प्रेरणा मिल्ने संयोजक बरदान ताङवे लामाले विश्वास गरे । । प्रतियोगितामा यू–१५ राष्ट्रिय च्याम्पियन निभा राई, यू–१७ राष्ट्रिय च्याम्पियन दिलासा राना लगायतका चर्चित खेलाडीहरूको सहभागिता रहने उनले बताए । देशका विभिन्न भाग जस्तै काठमाण्डौं, चितवन, भैरहवा, धरान लगायतबाट खेलाडीहरु आउने भएको आयोजकले जनाएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…