
पोखरा-३५ यार्डबाट हानेको बल सिधै पोष्ट भित्र छिरेपछि उज्वेकिस्तानको आभा फुटबल क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाईनल प्रवेशसँगै समीकरण पुरा गरेको छ ।
मुखाममाद्कोडिर रखिमबेरगनोभको दर्शनीय गोलमा पाहुना टोलीले जित आत्मसात गर्यो । पोखराको मैदानमा दोस्रो पटक उपस्थिति जनाएको उज्वेकिस्तानी टोलीले मंगलबार प्लानिङ ब्वाईजलाई १—० गोलले पराजित गर्दै गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको हो ।
खेलको ५६ औं मिनेटमा रखिमवेरगनोभले ३५ यार्डबाट हानेको बल सिधै पोष्टभित्र छिरेको थियो । जुन प्रतियोगिताकै उत्कृष्ट गोल रह्यो । दुई दिन अघि मात्रै पोखरा आईपुगेको टोलीले केहीदिन अघि मात्रै बुढासुब्बा गोल्डकपको उपाधि उचालेको प्लानिङलाई पराजित गर्न पाहुना टोलीलाई सकस परेको थियो ।
६० औं मिनेटमा पनि पाहुना टोलीले अर्को महत्वपूर्ण अवसरलाई गुमाउँदा अग्रता दोब्बर बनाउने प्रयास विफल बन्यो । बेकरुज सोमोनोभको प्रहारलाई प्लानिङका गोलकिपरले नियन्त्रणमा लिन सकेनन् । गोलकिपरबाट रिवाउण्ड भएको बललाई ६ यार्ड बक्सबाट सार्देविक मात्मुरातोभको प्रहार क्रसबारमाथिबाट बाहिरिन पुग्यो ।
त्यसो त प्लानिङ ब्वाईजको लागि इन्जुरी समयमा गोल गर्ने अवसरबाट टाढियो । बराबरी गोल गर्ने प्राप्त अवसरलाई चुकाँउदा हार स्वीकार्यो । पेनाल्टी बक्स लाईन नजिकै पाएको फ्रिकिकलाई बैकल्पिक खेलाडीको रुमपा मैदान छिरेर कप्तान आर्मब्याण्ड लगाएका फागराम थारुले हानेको बललाई उज्वेकिस्तानी टोलीका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए । खेलमा उमिडजोन करिलोभ प्लेयर अफ दि म्याच घोषित भए ।
सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजन रहेको आहा रारा पोखरा गोल्डकपको पहिलो सेमिफाईनल आयोजक सहारा क्लबले मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्ने छ । विजेताले १४ लाख रुपैयाँ र उपविजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।


धन बस्नेत/कास्की उपहार गोलसँगै जावलाखेल युथ क्लब १४ वर्षपछि आहा रारा पोखरा गोल्डकपको फाईनल यात्रा तय गरेको छ । २०६८ सालमा फाईनल यात्रा तय गरेको जावलाखेल युथ क्लबले पोखराको मैदानमा बिहीबार पाहुना टोली आभा फुटबल क्लब उज्वेकिस्तानलाई १—०…
पोखरा-त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल ९एपीएफ० विरुद्ध ३–२ सेटको रोमाञ्चक…