प्रशिक्षक शून्यता उन्मुख

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २७ गते २०८२ मा प्रकाशित


pokhara rangasala

पोखरा-दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको संघारमा छ खेलकुद । मिति तय भईसकेको छैन् । मिति घोषणा पछि नियमित प्रशिक्षणको खाँचो छ । प्रशिक्षणको लागि प्रशिक्षकको अभाव छ । स्वयं सेवक प्रशिक्षककै भरमा पदकको आशा गर्नुपर्ने बाध्यता छ ।
खेलकुदको शहर पोखरा । पोखराको खेलकुद खस्किदै गएको छ । खस्किनुको मुख्य कारण प्रशिक्षणको अभाव । प्रशिक्षक नै छैनन् । जिल्ला खेलकुद विकास समिति कास्कीका अब केव दुई प्रशिक्षक मात्रै छन् । सितेरियो कराँते र शारीरिक सुगठनको । ती बाहेक अन्य खेलका प्रशिक्षक भने खोज्नुपर्छ ।

प्रशिक्षकै अभावमा यतिबेला खेलकुद रुमलिएको छ । प्रदेश खेलकुद परिषदले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणासँगै अस्थायी रुपमा प्रशिक्षक नियुक्ति गर्ने जनाएको छ । “राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा भएपछि बन्द प्रशिक्षणको लागि प्रशिक्षक नियुक्ति गर्छौ ।” प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा बताउँछन् ।

जिल्लाको खेलकुद यतिबेला स्वंय सेवक प्रशिक्षकको भरमा टिकेको छ । गण्डकी प्रदेशलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गरेको उपलब्धीको शाख जोगाउनुपर्ने छ । शाख जोगाउन पनि बन्द प्रशिक्षण लामो समय राख्नुपर्ने खाँचो छ । प्रशिक्षणको लागि प्रशिक्षक नियुक्ति अनिवार्य सर्त बनेको छ । प्रशिक्षकको लागि लोकसेवा आयोग पास गर्नुपर्छ । त्यसको लागि लोकसेवा आयोगले प्रशिक्षक नियुक्तिको लागि सूचना निकाल्नुपर्छ । लोकसेवा आयोग पास गरेर नियुक्ति भईन्जेल राष्ट्रिय खेलकुद प्रतियोगिता टर्छ ।

“जिल्ला अनुसार दशजना प्रशिक्षक नियुक्ति गर्ने तयारी छ । प्रशिक्षक नियुक्ति मात्रै नभई प्रशिक्षकलाई दिईने सेवा सुविधा पनि सरकारले उपलब्ध गराउनुपर्छ । विना सेवा सुविधा नियुक्ति गर्नुको औचित्य नै छैन् ।” सदस्य सचिव शर्मा सुनाउँछन् । उनका अनुसार गण्डकी प्रदेशमा ५७ जना प्रशिक्षक नियुक्ति गरिने छ । स्वयंसेवक प्रशिक्षककै भरमा खेलकुद चल्दै आएको छ । प्रशिक्षण हुदैं आएको छ ।

नवा राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेल समावेश गरिएको थियो । दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि सम्भवत त्यति नै खेल समावेश गरिने छ । यद्यपी आयोजकले आफनो अनुकुलको खेल समावेश गर्न पाउने प्रावधान छ । नयाँ सरकार गठनपछि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा हुने विश्वास खेलकुदकर्मीले लिएका छन् । खेलकुद केवल स्वास्थ्य र राष्ट्रको लागि मात्रै नभई अब पर्यटनका लागि खेलकुद । राष्ट्रिय खेलकुद प्रतियोगिताले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा समेत पुर्याउँदै आएको छ । सबैलाई जोड्ने खेलकुद अपरीहार्य छ ।