
पोखरा-साहसिक खेलको पर्याय बनेको प्याराग्लाईडिङ च्याम्पियनसिप हुदैं छ । नेपाल हवाई खेलकुद संस्था(ना)ले यही चैत ५ गतेदेखि २१ औं संस्करणको खुला नेपाल प्याराग्लाईडिङ च्याम्पियनसिप गर्ने तयारी गरेको हो । कोभिडको संक्रमणसँगै रोकिएको प्याराग्लाइडिङ च्याम्पियनसिप आयोजनाको संघारमा रहेको नाले जनाएको छ । च्याम्पियनसिप चैत ५ देखि ७ गतेसम्म आयोजना हुने छ ।
च्याम्पियनसिपले पोखराको आकाशमा फेरी प्याराग्लाईडिङको रौनक आउने विश्वास छ । साहसिक प्याराग्लाईडिङ मार्फत पोखराको पर्यटन प्रवद्र्धनमा आयाम हुने अपेक्षा गरिएको छ । नवा राष्ट्रिय खेलकुद प्रतियोगितापछि पोखराको आकाशमा शो लो (एकल उडान) स्थगित गरिएको थियो । खुला नेपाल प्याराग्लाईडिङ च्याम्पियनसिप मार्फत शो लो उडान हुने आशा गरिएको छ ।
च्याम्पियनसिपको लागि आवश्यक सुरक्षा सबै अपनाईएको छ । च्याम्पियनसिपका सुरक्षा निर्देशक योगेश भट्टराईले प्याराग्लाईडिङ च्याम्पियनसिपमा हुने सम्भावित जोखिमको लागि सबै सुरक्षा अपनाइएको सुनाउनुभयो । उहाँले पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान त्रिभुवन आर्मी क्लबबाट सहभागिता जनाएका खेलाडी निसिम थापाको निधन भएपछि प्याराग्लाईडिङको शोलो उडानमा प्रतिबन्ध लगाइएको थियो ।
च्याम्पियनसिपमा स्वदेशी तथा विदेशी पाईलटको सहभागिता रहने च्याम्पियनसिपका संयोजक सुनिल भट्टराईले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार स्वदेशी तथा विदेशी गरी एकसयभन्दा बढी पाईलटले प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिप मार्फत गण्डकी प्रदेश खेलाडी छनोट समेत गरिने नाले जनाएको छ ।
प्रतियोगितामा भारत, चीन, साउदी अरेबिया, उज्वेकिस्तान, इटली र लेबनानका प्याराग्लाईडिङ पाइलटहरुले सहभागिका लागि अनलाईन फर्म भरेको समेत नाले उल्लेख गरेको छ । प्याराग्लाइडिङ अन्तरगतको एक्युरेसी विद्यातर्फ महिला तथा पुरुष पाईटलले प्रतिस्पर्धा गर्ने द्धन् । प्रतियोगिताको टेकअफ स्थल सराङकोट रहनेछ . पौदीमा ल्याण्डिङ गर्ने नेपाल हवाई खेलकुद संस्था(ना)का अध्यक्ष अनिल केसीले बताउनुभयो । व्यक्तिगत पुरुष तर्फका प्रथम, द्धितिय र तृतियले क्रमस १ लाख ५० हजार, १ लाख र ५० हजार नगद पुरस्कार पाउने छन् ।
महिला तर्फ प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश ७५ हजार ५० हजार र २५ हजार पुरस्कार पाउने छन् । टिम एक्युरेसी विजेताले नगद ७५ हजार, उपविजेताले ५० र तेस्रो स्थानमा रहने टोलीले २५ हजार पुरस्कार पाउने नाले जनाएको छ । पोखरामा व्यवसायिकरुपमा ६० भन्दा वढी कम्पनीहरु व्यवसायिक रुपमा दर्ता भई सञ्चालन हुदैं आएका छन् । ३ सय ६६ टेण्डम प्यराग्लाइडिङ पाइलट र एक सय ४० जना जसो शोलो प्याराग्लाईडिङ पाइलटहरु रहेको नाले जनाएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…