
machhapuchhre cup gaupalika
पोखरा-माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रे–४, लाहाचोकमा चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ हुने भएको छ ।माछापुच्छ्रे गाउँपालिका वडा नं–४,लाहाकोको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घको समन्वयमा चैत्र ११ देखि १४ गते सम्म उक्त प्रतियोगिता लाहाचोक –४,को महेन्द्र मा।बिको खेलमैदान सञ्चालन हुने गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले जानकारी दिए ।
स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगितामा बडी भन्दा बडी सहभागिता जनाउने लक्ष्यका साथ टिम शुल्क निःशुल्क गरिएको माछापुच्छ्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले जानकारी दिए । प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार २ लाख, द्धितिय पुरस्कार १ लाख र ट्रफि मेडल रहेको छ । सेमी फाइनलमा उपविजेता दुई टिमलाई नगद रु २५÷२५ हजार रहेको छ ।
महिला तर्फ प्रथम पुरस्कार ६० हजार ,द्धितिय पुरस्कार ३० हजार ट्रफि मेडल रहेको छ । सेमी फाइनलमा उपविजेता दुई टिमलाई नगद रु १५÷१५ हजार रहेको छ । त्यसैगरी ११ गते हुने पुरुष छेलो तर्फ प्रथम पुरस्कार नगद रु १० हजार ,द्धितिय पुरस्कार नगद रु ५ हजार, तृतीयलाई नगद रु २ हजार र सान्त्वनालाई नगद रु १ हजार रहेको छ । पुरुष छेलो तर्फ पनि निःशुल्क दर्ता गर्न सकिने छ ।
महिला तथा पुरुष भलिबल प्रतियोगिता सँगै यस वर्ष पुरुष छेलो पनि समावेश गर्ने भएकोले प्रतियोगितामा अझै बडी रौनकता थपिने गाउँ पालिकाकी उपाध्यक्ष सिता अधिकारीले जानकारी दिइन् । माछापुच्छ्रे–४, लाहाचोकका वडा अध्यक्ष मधुसूदन अधिकारीले यो प्रतियोगिताले गाउँपालिका साथै माछापुच्छ्रे«–४,लाहाचोकको पर्यटन सँगै खेल क्षेत्रको प्रवर्द्धन गर्न पनि मद्दत मिल्ने विश्वास लिएको बताए ।
पुरुष तथा महिला भलिबलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाई कर, मिडिल ब्लकर, डिफेन्डर, सेटर सर्भर, उदयमान खेलाडी र प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक पुरस्कार प्रदान गरिने छ । पुरुष भलिबल खेलमा पालिका भित्रको जनसुकै तह र स्तरका खेलाडीहरू समावेश गर्न पाइनेछ । महिला भलिबल खेलमा राष्ट्रिय खेलाडी १ जना समावेश गर्न सकिने माछापुच्छ्रे« गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव हुम् बहादुर गुरुङले जानकारी दिए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…