
पोखरा-जापानीज एथलिट हुकुतो ओवारा पोखरामा शनिबार आयोजित सातौं एशिया कप तथा १४ औं साउथ एशियन ट्रायथोलन च्याम्पियन बनेका छन् । उनले ५४ मिनेट ३० मिनेटमा पुरा गर्दै उपाधि जितेका हुन् ।
नेपाल ट्रायथोलन संघको आयोजनामा आयोजित च्याम्पियनसिपमा जापानकै मित्सुहो मुचीजुकी दोस्रो बने । उनले ५५ मिनेट ०५ सेकेण्डको समय लगाए । एक सेकेण्डले पछि पर्दै उज्वेकिस्तानका आलेक्वजेण्डर कुरीशोभ तृतीय स्थान रहे । जापानका जेन्ता उचिदा र सातोशी इवामोता क्रमश चौथो र पाँचौ स्थानमा रहँदै प्रतियोगिता टुग्याएका छन् । अन्तिम पाँच मिटरको दुरीमा जापानीजले उपविजेताको हकदार बन्न सफल भएका हुन् ।

शनिबार विहानैदेखि झरी परेको थियो । मौसम चिसो थियो । यद्यपी एथलिटहरुले टास्क भने पुरा गरे । महिला तर्फको प्रतिस्पर्धामा जापानकी सारिका नाकायामाले एक घण्टा १६ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बन्दा उज्वेकिस्तानकी अलिना खाकीमोभाले एक घण्टा एकमिनेट ७ सेकेण्डको समय निकाल्दै उपविजेता बन्न सफल भईन् । त्यस्तै एक घण्टा एक मिनेट पच्चीस सेकेण्डको समय लगाउँदै जापानकी मिनोरी इकोना तृतीय भईन् ।
साउथ एशिया तर्फ पुरुष प्रतिस्पर्धामा भारतका याजात कन्दन्दाले ५८ मिनेट ३८ सेकेण्डमा पुरा गर्दै साउथ एशियन च्याम्पियन बन्न सफल भए । खुन्द्रकापाम मेतेई(भारत)ले ५८ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै उपविजेता र मौलिक महर्जन(नेपाल)ले एक घण्टा १५ मिनेटको समय लगाउँदै तृतीय बन्न सफल भएको नेपाल ट्रायथलोलन संघले जनाएको छ ।

महिला तर्फको प्रतिस्पर्धामा भारतकी डोली देवीदास पाटिलले एक घण्टा ९ मिनेट ५ सेकेण्डको समय लगाउँदै च्याम्पियन बनिन् । मान्सी मोहती(भारत)ले एक घण्टा ११ मिनेट ३७ सेकेण्डको समय लगाउँदै दोस्रो र नेपालकी युष्का महर्जनले १ घण्टा ६ मिनेट ४७ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा रहिन् ।

नेपाल ट्रायथोलन संघले वर्षेनी पोखराको फेवाताल किनारमा एशियन तथा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप गर्दै आएको छ । प्रतियोगितामा नेपाल, भारत, जापान, उज्वेकिस्तचान, स्लोभाकिया, दक्षिण कोरिया, सिंगापुर, ओमान र इस्टोनियाका गरी ४१ ज्ना एथलिटले सहभागिता जनाएको संघका सचिव सुमन देवाकोटाले जानकारी दिए । संघले पोखरालाई केन्द्र बनाई विगत १४ वर्षदेखि ट्रायथोलन च्याम्पियनसिप आयोजना गर्दै आएको छ । निरन्तर आयोजनाले पोखराको साहसिक पर्यटन प्रवद्र्धनमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…