
एजेन्सी—जिरोनामाथिको रियल मड्रिडले गोलको वर्षा गराउने क्रममा क्रिष्यिानो रोनाल्डोले मात्रै चार गोल गरे । उनले आफनो करियरको ५० औं ह्याट्रिक पुरा गर्दा मड्रिडले जिरोनामाथि ६—३ को फराकिलो गोलअन्तरले पराजित गरेको थियो ।
११ औ मिनेटमा गोलको खाता खोलेका रोनाल्डोले ४७ औ, ६४ औ मिनेटमा ह्याट्रिक पुरा गरे । अर्को गोल भने इन्जुरी समयमा गर्दै गोल संख्या चार पुर्याए । रियलको लागि बाँकी दुई गोल भने ग्यारेथ बेल र भाज्क्वेजको नाममा रह्यो ।
पहिलो हाफ १–१ को बराबरीमा रहेको खेलको दोश्रो हाफमा ७ गोल भएको थियो ।
गिरोनाका स्टुआनीले २ तथा रामिरेज लोपेजले १ गोल गरेपनि त्यो रियल मड्रिडलाई रोक्न पर्याप्त भएन । जिरोनासँगको खेलमा गरेको ह्याट्रिकसँगै रोनाल्डोले खेल जीवनको ५० औ ह्याट्रिक पूरा गरेका छन् । पछिल्ला ११ खेलमा २१ गोल गर्दै रोनाल्डोले आफू फर्ममा रहेको पुष्टि पनि गरेका छन । जीतसँगै रियल मड्रिड २९ खेलबाट ६० अंक सहित तेश्रो स्थानमा उक्लिएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…