
कास्की –पोखरामा आयोजित दोस्रो पोखरा ओपन एथलेटक्सि मिटमा तीन राष्ट्रिय कीर्तिमान बनेका छन् । दुई महिला तथा एक पुरुष एथलिटले ट्रयाक एण्ड फिल्डमा राखेका हुन् ।
महिला तथा पुरुष तीन हजार मिटर नयाँ राष्ट्रिय कीर्तिमान बनेका हुन् । तीन हजार मिटर दौडमा सन्तोषी श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदा पुरुषतर्फ पनि सोही इभेण्टमा सुदुरपश्चिमका मुकेशबहादुर पालको नाममा कीर्तिमान लेखियो । त्यस्तै महिला लङजम्प तर्फ सीमा चौधरीले ५.९७ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भईन् । चौधरीले आफनै नाममा रहेको रेकर्ड तोड्नि। उनको नाममा यसअघि ५.८३ मिटरको जम्प रेकर्ड थियो ।
तीन हजार मिटर दौडमा सन्तोषीले स्वर्ण पदक जित्ने क्रममा ९ मिनेट ४३ दशमलव १९ सेकेण्डमा पुरा गर्दै कीर्तिमान बनाईन् । उनले ३६ वर्ष अघि राजकुमारी पाण्डेको नाममा रहेको कीर्तिमानी तोडेकी हुन् । सन १९९९ पाण्डेले बेइजिङ एशियन गेम्समा १० मिनेट १०.९० सेकेण्डको समय तोड्दै कीर्तिमानी आफनो नाममा लेखाउन सफल भईन् । कोशी प्रदेशकी पुष्पा लिम्बुले ११ मिनेट २१.७९ सेकेण्डमा पुरा गर्दै रजत पदक र पश्चिमकी १३ मिनेट ३४.७९ सेकेण्डको समय लगाउँदै कास्य पदक प्राप्त गरिन् ।
पुरुष तर्फको प्रतिस्पर्धामा पालले ८ मिनेट १९.५७ सेकेण्डको समयमा पुरा गर्दै कीर्तिमानसहित स्वर्ण पदक जिते । पालले ज्ञानबहादुर बोहराको नाममा रहेको(१५ अक्टोबर १९९९ भारतको नयाँ दिल्लीमा भएको प्रतिस्पर्धामा ८ मिनेट २३.५९ सेकेण्ड) कीर्तिमान तोडेका हुन् । एपीएफका रुपेश कार्कीले रजत पदक जित्ने क्रममा ८ मिनेट ३६.११ सेकेण्डको समयमा पुरा गरेका थिए । नेपाल प्रहरीका नागेश्वर अहिरले कास्य पदक जिते ।
लङजम्पमा सीमाको कीर्तिमानी स्वर्ण जित्दा लालीगुराँस नेशनल एकेडेमीकी अनिशा थारुले ४.८७ मिटर जम्प गर्दै रजत र कास्कीकी स्वता कुमालले ३.९४मिटर जम्प गरेर कास्य पदकमा चित्त बुझाईन् । डिसकस थ्रो महिला तर्फको प्रतिस्पर्धामा नेपाल प्रहरीकी चन्द्रकला लाम्गादेले ३४.८२ मिटर फाल्दै स्वर्ण पदक जित्न सफल भईन् । त्यस्तै नेपाल प्रहरीकै हिरन कुमारीले ३१.४१मिटरसहित रजत प्रहरीकै बसन्तीकुमारी चौधरीले २६.४७ मिटर फाल्दै कास्य पदक आफनो नाममा लेखाउन सफल भईन् । पुरुष तर्फको प्रतिस्पर्धामा नेपाल प्रहरीका पुष्कल खड्काले २६.१० मिटरसहित स्वर्ण, स्याङजाका आशिष रायमाझीले २६.०२ मिटर फाल्दै रजत पदक र पश्चिमका सुजन विकले कास्य पदक जिते ।
ज्याभलिन थ्रो महिला तर्फ नेपाल प्रहरीकी चन्द्रकला लाम्गादेले ३७.८६ मिटरसहित स्वर्ण, बसन्ती चौधरीले कास्य(३१.७९ मिटर) र हिरनकुमारी चौधरीले(१६.४५) मिटर) कास्य पदक जित्न सफल भईन् । पुरुष तर्फको प्रतिस्पर्धामा लुम्बिीन प्रदेशका रबी चौधरीले ३७.८६ मिटरसहित स्वर्ण, स्याङजाका आशिष रायमाझीले ३१.७९ मिटरसहित रजत र नेपाल प्रहरीका सुजन विकले १६.४५ मिटरसहित कास्य पदक प्राप्त गरे ।
८सय मिटर महिला प्रतिस्पर्धामा नेपाल प्रहरीकी सुमित्राकुमारी चौधरीले दुईमिनेट ३२ं.३८ सेकेण्डले स्वर्ण पदक जितिन् । एपीएफकी आशा रावतले दुई मिनेट ३३.०६ सेकेण्डले रजत पदक र बागमतीकी आनिष विकले दुई मिनेट ५७.८९ सेकेण्डमा पुरा गर्दै कास्य पदक जित्न सफल भईन् ।
पुरुष तर्फ गण्डकीका केशव बुढाले एक मिनेट ५०.६३ सेकेण्डको समय लगाउँदै स्वर्ण पदक, सुदुर पश्चिमका कुशलप्रसाद जोशीले एक मिनेट ५५.२४ सेकेण्डको समयमा पुरा गर्दै रजत र एपीएफका सन्दीप नेपालीले एक मिनेट ५७.८९ सेकेण्डको समयमा लगाउँदै कास्य पदक प्राप्त गरे । कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामा पोखरा रंगशालामा सम्पन्न दोस्रो् पोखरा ओपन एथलेटिक्स मिट विजेताले नगद ५, ३ र दुई हजार नगद पुरस्कार प्राप्त गरे । विजेतालाई प्रतिनिधि सभा सदस्य उत्तम पौडेल लगायतले पुरस्कार प्रदान गरेका थिए ।


पोखरा-उमेर ढल्कियो । कपाल फुल्यो । गोडा त्यति चल्दैन् । तर उत्साह भने उस्तै रह्यो । मनले खेल्यो । तनले आराम खोज्यो । उमेरमा हानेको फुटबलको झल्को उमेर ढल्किएपछि फेरी हान्दा उत्साह उमंग र जोश मात्रै होईन आत्मिता…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…