
पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट कुर्नुपरेको थियो ।
१० खेलाडीम सिमित त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै (५–४) पुलिस च्याम्पियन बन्न सपल भयो । पेनाल्टीमा पुलिसका लागि रेखा पौडेल, समिक्षा घिमिरे, पुजा राना, सविना चौधरी र वर्षा चौधरीले गोल गर्दा गोलरक्षक उषा चौधरीको पेनाल्टी आर्मीकी गोलरक्षकले बचाउ गरिन् । आर्मीका लागि अनिता लाम्जेल, दिपा शाही, हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गर्दा अन्जना थुलुंग राईको प्रहार पोष्टबारमा लाग्दै बाहिरियो भने इन्दिरा राईको प्रहारलाई पुलिसकी गोलरक्षक उषाले जोगाइन् ।उपाधिसंगै पुलिसले ५ लाख रुपैयाँ हात पारेको छ । उपविजेता आर्मीले ३ लाख रुपैया प्राप्त गर्यो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएको थियो । पहिलो हाफमै १० खेलाडीमा सिमित आर्मीले पुलिसलाई निर्धारित समयसम्म गोलरहित बराबरीमै रोक्यो । पहिलो हाफको २७ मिनेटमै आर्मी १० खेलाडीमा सिमित भएको हो । पुलिसकी निर्मला विकले बल अघि बढाउने क्रममा आर्मीकि डिफेन्डर विमला विकले डि एरिया नजिक लडाएपछी रातो कार्ड पाएपछि आर्मी दशखेलाडीमा सीमित बन्न पुग्यो ।
३७ औं मिनेटमा आर्मीको अवसरमा पुलिसकी समीक्षा घिमिरे बाधक बनिन् । हिमा चौधरीले गरेको क्रस गोललाइन नजिकबाट समिक्षाले क्लियर गरिन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६३ औं मिनेटमा रेखा पौडेलको प्रहारलाई आर्मीकि गोलरक्षक कोपिला खड्काले उत्कृष्ट बचाउ गर्दा रिबाउन्ड बलमा अनुस्का शेर्पाको प्रहार उषाले बचाईन । ६९ औं मिनेटमा रेखाको प्रहार क्रसबार नजिकैबाट बाहिरियो ।
७५ औं मिनेटमा रेखाको कर्नरमा निरु थापाको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । ८० औं मिनेटमा अनिस्काको प्रहारमा कोपिला बाधक बनिन । ८१ औं मिनेटमा आर्मीकि चन्द्रा भण्डारीको प्रहार उषाले बचाइन । ८८ औं मिनेटमा आर्मीले स्वर्ण अवसर खेर फाल्यो । चन्द्राको पासमा हिमाको प्रहार आकाशियो । नेपाल पुलिसकी समिक्षा घिमिरे प्लेयर अफ दि म्याच घोषित भइन ।
पुलिसकी निर्मला सर्वोत्कृष्ट
विधागत पुरस्कारतर्फ पनि पुलिसकै दबदबा रह्यो । पुलिसकी निर्मला विक सर्वोत्कृष्ट खेलाडी घोषित भइन । उनले ३० हजार रुपैयाँ प्राप्त गरिन् । यस्तै उत्कृष्ट गोलरक्षक पुलिसकी उषा नाथ रेखा पौडेल सर्वाधिक गोलकर्ता बनिन् । रेखाले जारी प्रतियोगितामा कुला पाँच गोल गरिन् । पहिलो खेलमा आयोजक विरुद्ध उनले पाँच गोल गरेकी थिइन् । उत्कृष्ट दुवैले समान १५ हजार रुपैयाँ प्राप्त गरे । अनुशासित टिमको पुरस्कार आर एस पोखरा फुटबलले प्राप्त ग¥यो । तीन दिनसम्म चलेको प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-कास्की जिल्ला क्रिकेट संघको चौथो अधिवेशनबाट आगामी चार वर्षे कार्यकालको लागि दिपेन्द्रप्रताप चन्दको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । अध्यक्षमा चन्द ४० मतसहित विजयी भए । उनका प्रतिस्पर्धी दिपेश खत्रीले केवल २७ मत प्राप्त गरे…