
धन बस्नेत पोखरा-गण्डकी प्रदेश सरकारले आज आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रत्येक जिल्लामा बहुउद्देश्यीय कभर्ड हल, रंगशाला वा क्रिकेट मैदान निर्माणको कार्यलाई प्राथमिकता दिइने उल्लेख छ ।
संघीयतासँगै बनेको गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम मा प्रत्येक जिल्लामा बहुउद्देश्यीय कभर्ड हल, रंगशाला वा क्रिकेट मैदान निर्माणको कार्यलाई प्राथमिकता दिइने दोहोरिएको छ । केवल नीति तथा कार्यक्रममा मात्रै समेटिएको छ । कार्यान्वयन तर्फ भने प्रदेश सरकार फितलो देखिएको छ ।
खेल पूर्वाधारको संरक्षण,स्तरोन्नति र प्रभावकारी व्यवस्थापन गर्ने उल्लेख गरिएको छ । साहसिक एवं उच्च खेलकुदको विकास र विस्तार गर्दै गण्डकी प्रदेशलाई खेल पर्यटनको रुपमा विकास गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ । खेल पर्यटनको गन्तव्य बनाउने जुन अभिप्राय छ त्यो पूर्वाधार निर्माण अत्यावश्यक छ भने अन्तराष्ट्रियस्तरका प्रतियोगिता आयोजनाले मात्रै खेल पर्यटनको सम्भावना रहन्छ । त्यस तर्फ प्रदेश सरकारको ध्यानाकर्षण हुनै नसकेको देखिएको छ ।
खेल्छ गण्डकीलाई प्राथमिकता दिएको छ । जुनियर खेलकुद कार्यक्रम तथा प्रदेश र राष्ट्रियस्तरका प्रतियोगितालाई थप व्यवस्थिति र साझेदारी अभिबृद्धि गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । विद्यालय तथा स्थानीयस्तरबाट खेल प्रतिभा पहिचान गरी उत्कृष्ट खेलाडीलाई प्रशिक्षण, बन्द प्रशिक्षण तथा छात्रवृत्ति उपलब्ध गराईने सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा समावेश छ । खेलाडीलाई प्रशिक्षण र बन्द प्रशिक्षण गर्ने नीति लिएपनि प्रदेश सरकारले आफनै मातहतमा भने प्रशिक्षक नियुक्त गर्न सकेको छैन् । राष्ट्रिय खेलकुद परिषद नियुक्त प्रशिक्षक समेत पदावधि सकिएर कास्कीसहित प्रदेशका एघारै जिल्ला प्रशिक्षक विहीनको अवस्थामा पुगेको खेलकर्मी बताउँछन् ।
नियमित खेल प्रशिक्षणको लागि प्रदेश सरकारले आवश्यकता अनुसार जिल्लामा प्रशिक्षकहरु करार वा अस्थायी नियुक्त गर्नुपर्ने आवाज खेलकर्मीले गर्दै आएका छन् । यद्यपी त्यस तर्फ ध्यान प्रदेश सरकारको गएको छैन् । स्वयंसेवक प्रशिक्षककै भरमा यतिबेला खेलकुद चलेको छ ।
प्रदेश सरकारले गण्डकीको गौरव अवधारणा अघि सार्दै खेलकुद क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान र प्रोत्साहन गर्ने नीति लिएको छ । खेलाडीको डिजिटल प्रोफाईल तयार गर्ने उल्लेख गरिएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…