
पोखरा(खेलाडी न्युज)—कास्की जिल्ला फुटबल संघले उत्तम गुरुङले एकलाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरेका छन् । आगामी बैशाखमा ईलाममा हुने माईभ्याली गोल्डकपमा सहभागिता जनाउने पोखराको टोलीको प्रवद्र्धनसँगै कास्की जिल्लाको फुटबल विकासको उद्देश्यसहित गुरुङले आफना बाजे विगलाल गुरुङको स्मृतिमा सहयोग हस्तान्रण गरेका हुन् ।
चेक उनले कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई आज मंगलबार प्रदान गरेका हुन् ।
संघका अध्यक्ष गुरुङले सहयोग रकम पोखराको फुटबल विकासमा खर्च गर्ने उदघोष गरे । कास्की जिल्ला फुटबल संघले खेलाडीलाई व्यवसायिक रुपमा अनुबन्धन गर्दै आफनै टिम बनाउने घोषणा दोहोर्याउँदै त्यसको लागि विभिन्न कम्पनीसँग छलफल भईरहेको बताए । पोखराको टिमलाई बैंक तथा वित्तिय संस्थाले गर्ने प्रायोजनस्वरुप सम्बन्धीत संस्थाकै नामबाट प्रतियोगितामा सहभागिता जनाउने समेत उनको भनाई थियो । चेक हस्तान्तरण समारोहमा कास्की जिल्ला फुटबल संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…