
पोखरा-जून महिनाको मन्थ्ली मेडल गल्फको उपाधि इन्स्पेक्टर जीवाराम गुरुङले जितेका छन् । उनले पोखराको हिमालयन गल्फ कोर्ष छिनेडाडाँमा ८० स्कोरसहित उपाधि उचाले ।
पार ६९ को कोर्षमा स्ट्रोक प्ले फुल ह्याण्डीक्यापमा खेलिएको प्रतिस्पर्धामा डानियल बानियाँ भने उपविजेता बने । बानियाँले ८५ स्कोर गरे ।
हिमालयन गल्फ कोर्षले मासिक रुपमा आफना क्लब मेम्बर बीच गल्फ प्रतियोगिता गर्दै आएको छ । विजेतालाई नेपाल गल्फ संघका सल्लाहकार एवं कोर्षका व्यवस्थापक भुवन गुरुङले ट्रफी प्रदान गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…