
काठमाडौ(खेलाडी न्युज)— नेपालले यमन विरुद्ध हुने एएफसी एसियन कप छनोटचरणको खेलको लागि २० सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्योतोकी कोजुले राष्ट्रिय टोलीको अन्तिम नामावली सार्वजनिक गरेका हुन् । टोली अहिले प्रशिक्षणमा व्यस्त छ ।
नेपाली टोलीमा भरत खवास टोलीमा परेका छैनन् । राष्ट्रिय टोलीका उपकप्तान विक्रम लामा पनि चोटको करण टिमबाहिर छन् । गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपानेले छनोटमा छन् । न्यौपानेले पहिलो पटक स्थान बनाएका हुन् । दिनेश राजवंशी, अनन्त तामाङ, विराज महर्जन, रजिन धिमाल, देवेन्द्र तामाङ, आदित्य चौधरी, सुमन लामा, सुनिल बल, अन्जन विष्ट, सुजल श्रेष्ठ, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, रोहित चन्द, हेमन गुरुङ, जर्जप्रिन्स कार्की, विशाल राई र हेमन्त थापामगर छन् । नेपाली टोलीले एकसाता पछि यही मार्च २७ मा यमन विरुद्ध कतारमा खेल्ने छ । समूह चरणमा एक अंक जोडेको नेपाल समूहको पुछारमा छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…