
पोखरा-सहारा क्लब पोखराले आफनो पच्चीसौं संस्करणको आहा रारा पोखरा गोल्डकपबाट तीन लाख एक्काईस हजार रुपैयाँ बचत गरेको छ ।
गत फागुनमा आयोजित गोल्डकपमा क्लबले एक करोड तेत्तिस लाख तेईस हजार रुपैयाँ आम्दानी गरेकोमा एक करोड तीस लाख रुपैयाँ खर्च गरेको तथ्य शुक्रबार सार्वजनिक गर्यो ।
मुख्य प्रायोजन गरेको हिमश्री फुड्स प्रालिलले तीस लाख, प्रदेश खेलकुद परिषदले दशलाख, पोखरा महानगरपालिकाले दशलाख, सहारा हङकङले ५ लाख, सुश्री मिटाडियाले चारलाख, सहारा युकेले तीन लाख, पोखरा महानगरपालिका वडा नं ९ ले दुई लाख पचास हजार लयात विभिन्न संस्थाले आर्थिक सहयोग गरेको क्लबले जनाएको छ ।
क्लबले आयोजक टोलीको लागि मात्रै साढे एघार लाख रुपैयाँ खर्च गरेको छ । त्यस्तै क्लबले अन्य विभिन्न शीर्षकमा गरेर एक करोड तीस लाखरुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गर्यो । क्लबले प्रतियोगिता बचत गरेको रकमलाई दोविल्लास्थित सहारा एकेडेमीमा आश्रित खेलाडीको भरणपोषणमा खर्च गर्दै आएको छ । file pic


पोखरा-सहारा क्लब पोखराले आफनो पच्चीसौं संस्करणको आहा रारा पोखरा गोल्डकपबाट तीन लाख एक्काईस हजार रुपैयाँ बचत गरेको छ । गत फागुनमा आयोजित गोल्डकपमा क्लबले एक करोड तेत्तिस लाख तेईस हजार रुपैयाँ आम्दानी गरेकोमा एक करोड तीस लाख रुपैयाँ…