
पोखरा-पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को उपाधि नेपाल खेलकुद पत्रकार मञ्च (एनएफएसजे)ले जितेको छ । शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा आयोजित फाइनलमा एनएफएसजेले नेपाल पत्रकार महासंघ बागलुङलाई २–० गोलले पराजित गरी उपाधि जित्न सफल रह्यो । गण्डकीले नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
साथैं, प्रतियोगिताको सर्वाेत्कृष्ट प्रशिक्षक गण्डकीकै धनबहादुर गुरुङ् (सुमन) घोषित भए । गुरुङ्लाई नगद ५ हजार रुपैयाँ प्रदान गरिएको छ । उपविजेता बागलुङले नगद ३० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बागलुङका रोहन जिसी सर्वाेत्कृष्ट खेलाडी घोषित भई ५ हजार रुपैयाँ प्राप्त गरे । सर्वाेत्कृष्ट प्रशिक्षक र खेलाडीलाई एडभेन्चर पार्टनर गो बन्जीमार्फत फ्लाई कूपनसमेत प्रदान गरिएको छ ।
प्रतियोगिताका विजेता टिम र खेलाडीलाई विशेष अतिथि गण्डकी विश्वविद्यालयका उपकूलपति डा. कृष्णराज अधिकारीले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताको मुख्य प्रायोजकमा पोखरा महानगरपालिका वडा नम्बर १२ र कफीे डि हिमालयज (सीडीएच) रहेका थिए । त्यस्तै, सहयोगी संस्थाका रूपमा प्रदेश खेलकुद परिषद् गण्डकी, जिल्ला खेलकुद विकास समिति – कास्की, पोखरा महानगरपालिका खेलकुद विकास समिति र पोखरा महानगरपालिका – वडा नम्बर ३ रहेका थिए । प्रतियोगिता नयाँ लिपी डटकमले आयोजना गरेको हो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…