माघ ५देखि १६सम्म आहारारा पोखरा गोल्डकप

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ८ गते २०८३ मा प्रकाशित


पोखरा-सहारा क्लब पोखराले २६ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको तयारीमा जुटेको छ । क्लबले आगामी माघ ५ गतेदेखि १६ गतेसम्म गोल्डकप आयोजना गर्ने सार्वजनिक गरेको छ ।

हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजन रहने गोल्डकपको आयोजना मिति मात्रै तय भएको क्लबले जनाएको छ । मिति तयसँगै प्रतियोगिताको आन्तरिक तयारीसहित गृहकार्य अगाडि बढाईएको क्लबले जनाएको छ ।

अखिल नेपाल फुटबल संघ फुटबलको सर्वोच्च संस्था फिफाबाट प्रतिबन्ध भएपछि नेपाली फुटबल शून्यतामा पुगेको छ । नेपाली फुटबललाई मोसफसलबाटै चलायमान बनाउन मोफसलका क्लबहरुको सक्रियतामा नकाउट फुटबल प्रतियोगिता हुदैं आएका छन् ।

पोखरा महानगरपालिकाको संरक्षकत्व रहेको गोल्डकपलाई राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ,नेपाल पर्यटन बोर्ड, कास्की जिल्ला खेलकुद विकास समिति,कास्की जिल्ला फुटबल संघ, लुम्बिनी विकास बैंक, नमस्ते एजुकेशन कन्सल्टेन्सी, लगायत विभिन्न संस्थाले सहयोगी भूमिका निभाएका छन् ।

क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार प्रतियोगितामा सहभागि टोलीहरु, खेल तालिका र पुरस्कार राशी एवं प्रायोजकहरुको बारे आगामी दिनमा सार्वजनिक गरिने छ । गोल्डकपबाटै बचत रकमले पोखरा १७ दोविल्लास्थित आवासिय एकेडेमीको लागि खर्च गर्दै आएको छ । एकेडेमीमा विभिन्न जिल्लाका बालकहरु आश्रित रहेका छन् ।

फुटबलको माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउँदै आएको क्लबले फुटबल विकासमा आयाम थप्दै आएको क्लबले दावी गरेको छ ।