पोखरामा एघारौं राष्ट्रिय सेपाक ताक्रो प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १५ गते २०८३ मा प्रकाशित


पोखरा-पोखरा भित्रिएको झण्डै साढे दुई दशकपछि सेपाक ताक्रोको राष्ट्रिय प्रतियोगिता आयोजना हुदैं छ । प्रतियोगिताको लागि सहभागित विभागीय तथा प्रदेशका टोलीहरु शनिबार पोखरा आईपुगेको गण्डकी प्रदेश सेपाक ताक्रो संघले जनाएको छ ।

यो खेल सिंगापुरका रिटायर्ड पुलिसले पोखरा भित्र्याएका हुन् । शुरुवाती चरणमा यो खेलप्रति निकै चासो थियो । तर पछिल्लो समय पोखरामा सेपाक ताक्रोको खासै खेल देखिदैन् । बेत र बाँसको चोयाबाट बुनेर बनाइएको खोक्रो बल प्रयोग हुने यो खेल पछिल्लो समय प्लाष्टिकको बल प्रयोग हुदैं आएकोछ ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आयोजित प्रतियोगिताले खेल प्रवद्र्धनमा टेवा पुग्ने विश्वास संघले लिएको छ ।
सेपाक ताक्रो संघका केन्द्रीय अध्यक्ष नेत्र गुरुङका अनुसार खुट्टाले खेलिने भलिबल भन्ने गरिएको छ । प्रदेश र जिल्ला संघहरु सक्रिय नहुँदा खेलको प्रबद्र्धनमा कमी आएको उनको भनाई थियो । प्रतियोगिता सञ्चालन गर्न २२ लाख २९ हजार चार सय रुपैयाँ खर्च लाग्ने र २५ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ ।

गण्डकी प्रदेशका अध्यक्ष श्यामबहादुर श्रेष्ठले ११ औं राष्ट्रिय प्रतियोगितामा ७ प्रदेशसहित विभागीय क्लब त्रिभुवन आर्मीको सहभागिता रहेको छ । गण्डकी प्रदेशले पूर्वाञ्चलमा आयोजना भएको सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेको थियो । कात्तिक १४ देखि १७ गतेसम्म पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले समान ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने उपविजेता टिमले ४० हजार रुपैयाँ प्राप्त गर्ने छन् । तेस्रो स्थान हासिल गर्नेलाई ३० तथा सहभागी टिमहरुलाई समान २० हजार रुपैयाँ प्रदान गरिनेछ ।

नेपालले सन् २०१३ मा सेपाक ताक्रोको विश्व च्याम्पियनसिपको डिभिजन एमा पदक हाँसिल गरेको थियो । ३८ औं विश्व च्याम्पियनसिप किंग्स कपको महिला तथा पुरुष दुवैतर्फ स्वर्ण पदकसमेत जित्न सफल भएको थियो ।