
लेखनाथ-पोखरा महानगरपालिका वडा नं २९ को भण्डारढिकस्थित आदर्श युवा क्लबको अध्यक्षमा विष्णु हमाल सर्वसम्मत चयन भएका छन् । आईतबार भएको क्लबको २९ औं साधारणसभा तथा १४ औँ अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
यसैगरी समितिको उपाध्यक्षमा सन्तोष गुरुङ सचिवमा ओमप्रसाद कुमाल कोषाध्यक्षमा कृष्ण कुमाल सहसचिवमा राजीव भण्डारी चयन भएका छन् । सदस्यहरूमा भीषण गुरुङ ,राहुल गुरुङ, बेलप्रसाद गुरुङ, सञ्जय कुमाल, सुवास गुरुङ र जीवन तामाङ चयन भएका छन्। कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको निर्वाचन संयोजक मदन तिवारीले वताए ।
अध्यक्ष पदम गुरुङ र सचिव सन्तोष गुरुङको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष विष्णु हमालको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएका थिए । आदर्श क्लबको पहिचान बनेको फुटबल खेलको निरन्तरता र खेल मैदानको स्तोन्नतिमा लाग्न आग्रह गरे । अलपत्र रूपमा रहेको कबर्ड हल अगाडि बढाउनका लागि विशेष पहल गर्नुपर्नेमा समेत जोड दिइएको थियो । खुल्ला व्यायामशाला र बास्केटबलकोट निर्माण सम्पन्न भएर पनि संरक्षण हुन नसकेकामा उपस्थित अतिथिले चिन्ता समेत व्यक्त गरेका थिए ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…