
बाग्लुङ(खेलाडी न्युज)—पोखराको लेकसाईइ क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै बाग्लुङको नेपाल विद्यार्थी संघ पाँचौ धौलागिरी क्रिकेट टी—२० कपको सेमिफाईनलमा प्रवेश गरेको छ । आज विहान भएको पहिलो क्र्वाटरफाईनल खेलमा विजय विक र रविन जोशीले नटआउट क्रमश २५ र २० रन हिर्काएपछि लेकसाईडले दिएको ४९ रनको झिनो लक्ष्य एक विकेटको क्षतिमा पुरा गर्दै सेमिफाईनल यात्रा तय गर्यो ।
बाङ्गेचौर खेल मैदानमा भएको खेलमा टस जितेर व्याटिङ रोजेको लेकसाईडले ओपनर प्रेम गुरुङको दोहोरो अंकको रन ११ मात्रै जोडे । अन्य व्याट्सम्यान सस्तैमा आउट हुदैं गएपछि लेकसाईडले ४८ रन बनाउँदा सबै विकेट गुमायो । गणेश केसीले चार र रुपेश सिंहले तीन विकेट लिएपछि लेकसाईडलाई सबैभन्दा कमरनमा समेटिदिए ।
४९ रनको लक्ष्यलाई नेपाल विद्यार्थी संघ बाग्लुङले एक विकेटको क्षतिमा पुरा गर्ने क्रममा विजय विकले तीन छक्का र एक चौका हिर्काए । रविन जोशीले पनि दुई चौका र दुई छक्का हान्दै २० रनको नटआउट पारी खेल्दै जित दिलाए । चार विकेट लिएका नेपाल विद्यार्थी संघका केसी म्यान अफ दि म्याच घोषित भए ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…