
बाग्लुङ (खेलाडी न्युज)—बुटवल युथ स्पोर्टस क्लब पाँचौ धौलागिरी टी—२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । बाङ्गेचौर खेल मैदानमा भएको दोस्रो क्र्वाटरफाईनल खेलमा रक ११ वालिङलाई चार विकेटले पराजित गर्दै अन्तिम चारको स्थान सुरक्षित बनायो ।
रक ११ वालिङले टस जित्दै व्याटिङ गर्ने क्रमम ७७ रन बनाई सबै विकेट गुमायो । सुनिल गुरुङले तीन छक्का हान्दै २९ रन बनाए । बिरु गुरुङले पनि तीन चौका र एक छक्का हान्दै २० रन बनाई पवेलियन फर्किए । ओपनर विपिन काफ्लेलाई शून्यमै गुमाएपछि सुनिल र बिरुले इनिङ सम्हाले । अमरजित सिंहले तीन ओभरमा ९ रन दिए ६ विकेट लिए । उनी एकै खेलमा सर्वाधिक विकेट लिने खेलाडी पहिलो हुन् । सिकन्दर यादवले २५ रन दिदैं ३ विकेट लिए ।
७९ रनको लक्ष्य पछ्याएको बुटवल युथ स्पोर्टस क्लबले लक्ष्य भने १० ओभरमै पुरा गर्दा ६ विकेट गुमायो । आनन्द गौडले तीन चौका र दुई छक्का हान्दै १६ बलमा २९ रनको महत्वपूर्ण इनिङ्स खेले । सिद्धान्त अधिकारीले पनि १९ रन बनाउने क्रममा तीन छक्का हिर्काए । धिरज सहनी र बिरु गुरुङले दुई—दुई विकेट लिए । खेलमा छ विकेट लिएका बुटवलका अमरजित सिंह म्यान अफ दि म्याच घोषित भए । photo file.


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…