
पोखरा(खेलाडी न्युज) जापानमा यही चैत १२ यही चैत १४ गतेदेखि हुने कोपा पुमा टोरेरस यु १२ फुटबल प्रतियोगिताको लागि सहभागि नेपाली टोलीलाई आज पोखरा रंगशालाबाट विदाई गरिएको छ । सहभागी १२ जना खेलाडी तथा प्रशिक्षण्कलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले खादा लगाई बिदाई गरेका हुन् । विदाई समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष ईश्वर गुरुङ लगायतको व्यक्तित्वको उपस्थ्तिि थियो ।
चैत २० गतेसमम् हुने प्रतियोगितामा सहभागि खेलाडीहरुमा अजित श्रेष्ठ, आदेश श्रेष्ठ, अनिल सूचीकार, आशकुमार गुरुङ, सुवास गुरुङ, मनिष क्षत्री, मनोज विक, मनिस सिञ्जाली, रितेश गुरुङ, अनुपम श्रेष्ठ, श्रेयस थापा मगर, नर्बु लामा रहेका छन् । प्रशिक्षकमा राजेन्द्र तामाङ तथा टिम व्यवस्थापकमा विक्रम थापा रहेका छन् । कोपा पुमा टोरेरस प्रतियोगितामा नेपालको सहभागिता यो तेस्रो संस्करण हो । झण्डै तीन महिनाको प्रशिक्षणपछि विभिन्न जिल्लाबाट १२ जना खेलाडी छनोट गरिएको हो । कास्की, पर्वत, म्याग्दी, काठमाडौं लगायतका खेलाडी छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…