
बाग्लुङ(खेलाडी न्युज)—आफनो एकेडेमीको टिम । आफनै गृह जिल्ला । करण केसीलाई निकै अप्ठ्यारो पर्यो । तर पनि आफैले स्थापना गरेको क्रिकेट एकेडेमीको जर्सीमा मैदान उत्रिए । गृह जिल्लाको नेपाल विद्यार्थी संघ(नेविसंघ) विरुद्ध गतिलो प्रदर्शन गर्दै फाईनलको स्थान सुरक्षित बनाए ।
भर्खरै हङकङ र पपुवा न्युगिनी विरुद्ध जित हासिल गरी स्वदेश फर्किएको नेपाली राष्ट्रिय टोलीका अलराउण्डर करण केसीले आफनै एकेडेमी राईजिङ क्रिकेटको कप्तानी सम्हाल्दै आईतबार उत्रिए । पाँचौ धौलागिरी टी—२० क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा पुर्याउने क्रममा करणले ११० रनको नआउट खेल्दै उपाधि निकट पुगे । राईजिङले नेपाल विद्यार्थी संघलाई ४ चारविकेटले पराजित गर्दै प्रदेशकै सर्वाधिक पुरस्कार राशीको क्रिकेटको फाईनलमा प्रवेश गर्यो ।
७३ बलमा शतक पुरा गर्दै नटआउट खेल्दै जितसम्म डोर्याएका करणलाई विनय भण्डारीले ६ रनमा खेल्दै साथ दिए । अमृत गुरुङले १५ बलमा २३ रन बनाई पवेलियन फर्किएपछि जितको लागि राईजिङले १८ ओभर ४ बल खेल्यो । करण म्यान अफ दि म्याच घोषित भए ।
पहिले व्याटिङ गरेका नेपाल विद्यार्थी संघले १६१ रन बनाई पारीको समाप्ती गरेका थिए । आरिफ अहमेदले ३० बलमा ५७ रनको महत्वपूर्ण योगदान दिदाँ अर्का व्याट्सम्यान अभिराज रोयले १५ बलमा ३० रन बनाए । राईजिङ क्रिकेट एकेडेमी पोखराका पाँच खेलाडीले समान २—२ विकेट लिए । एक बल कम फालेका करण केसीले २ विकेट लिए । अरु सबैले चार ओभर बलिङ गर्दै दुई दुई विकेट लेखाए । अमृत गुरुङ, मुखिल यादव, अमन रेग्मी र विनय भण्डारीले विकेट लिएका थिए । दोस्रो सेमिफाईनल बाग्लुङ क्रिकेट क्लब निलोले बुटवल युथ स्पोर्टस क्लबसँग खेल्दै छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…