
एजेन्सी—महत्वपूर्ण खेलमा बेन्चमा बसेर खेल हेर्न बाध्य बनाईएका पाउल पोग्बालाई म्यानचेष्टर युनाईटेडका प्रशिक्षक जोसे मोरिन्होले बेच्ने इच्छा देखाएका छन् । सेभिल्लासितको च्याम्पियन्स लिगमा पोग्बाले बेन्चमा रहेका थिए । यद्यपी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । सेभिल्लासित पराजित हुदैं म्यानचेष्टर युनाईटेड च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको थियो ।
उनले आफनै चाहनामा पोग्बालाई युभेन्ट्सबाट महंगो शुल्कमा म्यानचेष्टर युनाईटेड भित्रयाएका थिए । तर पोग्बा पछिल्ला केही खेलमा उत्कृष्ठ प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक मोरिन्होले उनलाई बैकल्पिक खेलाडीको रुपमा मैदान छिराउँदै आएका थिए । पोग्बालाई बेच्दै मोरिन्होले तीन खेलाडी भित्रयाउने चाहना व्यक्त गरेको द मिररले जनाएको छ ।
मोरिन्होले पोग्बाको रिलिज क्लज भने २ सय मिलियन पाउण्ड राखेका छन् ।
पोग्बालाई भित्रयाउने केही समय अघि रियल मड्रिडले चासो देखाएको थियो । युभेन्ट्सले पनि पोग्बालाई क्लबमा फर्काउने चासो दिएको छ । यद्यपी अहिले केही मत्थर भएको छ । मोरिन्होले राफाल भराने र टोनी क्रसलाई रियलबाट भित्रयाउने लक्ष्यमा छन् । त्यसको लागि भरानेलाई ७० मिलियन र क्रसलाई १०० मिलियन पाउण्डमा भित्रयाउने चाहना छ । पेरिस सेन्ट जर्मेनमा मार्को भेराट्टीलाई पनि युनाईटेडमा ल्याउने चाहना मोरिन्होको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…