
एजेन्सी—युरो च्याम्यिपन पोर्चुगल नेदरल्याण्डसँग पीडादायी हार व्यहोरेको छ । फुटबलको विश्वकप नजिकिदैं जादाँ अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेदरल्याण्डसँग पोर्चुगल ३—० गोलले पराजित हुन पुग्यो ।
अघिल्लो दिन इजिप्टलाई २—१ गोलले जादुमयी रुपमा पराजित गरेको पोर्चुगल नेदरल्याण्डसँग भने नतमष्तक बन्न पुग्यो । पहिलो हाफमै तीन गोल खाएको पोर्चुगलले खेल अन्त्यमा १० जनामा सीमित हुदैं टुग्यायो । ११ औं मिनेटदेखि दबावमा रहेको पोर्चुगल अन्त्यसम्म नेदरल्याण्डसँग दबावमै खेलेर मैत्रीपूर्ण खेल टुग्यायो ।
इजिप्टसँग उत्कृष्ठ कमब्याक गरेका रोनाल्डोको जोर भने नेदरल्याण्डसँग चलेन् । ११ औं मिनेटमा मेमफिस डिपेले गोल गर्दै नेदरल्याण्डलाई अग्रता दिलाए । ३२ औं मिनेटमा रायन बावेलले अर्को गोल थप्दै अग्रता दोब्बर बनाउँदा पोर्चुगल उस्तै दबावमा खेल्न पुग्यो । पहिलो हाफ हुनु भन्दा दुई मिनेट अगाडि फेरी अर्को गोलको समाना गरेपछि पोर्चुगल पहिलो हाफ ३—० मा पछाडि परेको थियो । भर्जिल भान डिजकले ४३ औं गोल गरेका थिए ।
युरो च्याम्पियन पोर्चुगलले खेलमा फर्किने कोशिसलाई निरन्तरता दिदैं दबावमुक्त हुन खोज्यो । तर सम्भावना भने देखिएन् । ६१ औं मिनेटमा जोएओ क्यान्सेलोले रातो कार्ड खाँदै बाहिरिएपछि झन पीडामा रुमलियो । यद्यपी सम्हालिएको खेल देखाउँदै दोस्रो हाफ गोलरहित खेल्दै खेल ३—० को अवस्थामा टुग्याउन पुग्यो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…