
पोखरा(खेलाडी न्युज)नेपालले आज यमन विरुद्ध एशियन कप छनोटको अन्तिम खेल खेल्दै छ । कतार स्पोर्टस क्लब सुहेन विन हमाद रंगाशालामा आज यमन विरुद्ध नेपालले प्रतिष्ठा जोगाउनको लागि खेल्ने छ । दुई दिन अघि मात्रै नेपाली टोली कतार पुगेको थियो ।
नेपाली टोलीको लागि नवयुग श्रेष्ठ र विमल घर्तीमगरलाई स्ट्राईकरको जिम्मेवारी छ । सुनिल बलले पनि यमन विरुद्धको खेलमा खेल्ने पाउने सम्भावना पनि प्रबल छ । नेपालले प्रतिष्ठाको लागि खेल्दा यमनले भने एसिया कप छनोटको लागि खेल्ने छ । नेपाललाई पराजित गरेको अवस्थामा यमन छनोट हुने छ ।
विराज महर्जनको कप्तानीमा रहने नेपाली टोलीको गोलकिपिङको जिम्मेवारी किरण चेम्जोङले लिने छन् । दिनेश राजवंशी, विशाल राई, रोहित चन्द, अनन्त तामाङ आदित्य चौधरी, सुनिल बल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र विमल घर्तीमगर छन् । शीर्ष दुईस्थानमा रहने टोलीले अर्को वर्ष युएईमा हुने एएफसी एसियन कपमा सहभागिता जनाउन पाउने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…