
बुटबल (खेलाडी न्युज)—मदन भण्डारी तेस्रो अन्तराष्ट्रिय गोल्डकपबाट विभागीय टोली बाहिरिने दोस्रो टोली शसस्त्र प्रहरी बल बनेको छ । आज भएको खेलमा सुुनौलो संगमसँग पराजित हुदैं बाहिरिएपछि अब नेपाल पुलिस क्लब मात्रै विभागीय टोली मात्रै प्रतियोगितामा छ । टाइब्रेकरमा एपीएफलाई ३-१पराजित गर्दै सुनौलो संगम अन्तिम चारको स्थान पक्का गर्यो । बुटवलको मानवज्ञान माध्यमिक बिद्यालयको खेल मैदानमा भएको प्रतिस्पर्धामा घरेलु क्लव सुनौलो संगमले पेनाल्टी मार्फत विभागीय एपिएफ क्वलको यात्रा रोकिदिएको हो ।
निर्धारित समयमा समान दुई गोलको बराबरी भएपछि थप गरिएको १५ मिनेटमा दुवै टिमबाट गोल हुन नसकेपछि पेनाल्टी सुट मार्फत निर्णय गरिएको हो । पेनाल्टी सुटमा एपिएफका मिलन राई र रवि थान्जुङ्ले गरेको प्रहार बाहिरिएको थियो भने एपीएफका स्टपर रमेश दंगालको प्रहारलाई विपक्षी किपरले विफल तुल्याईदिएका थिए ।
सुनौलो संगमका अजित थापा र पूर्णबहादुर गुरुङको प्रहारलाई विपक्षि किपरले विफल तुल्याईदिएका थिए भने सुरज हमाल, जनक कार्की र आशिष गुरुङले गरेको प्रहार गोल भएको थियो ।
खेलको सुरुवाती समयदेखि तिव्र प्रतिस्पर्धा भएपनि पहिलो हाफको सकिन एक मिनेट बाँकी रहँदा एपिएफका युवराज खड्काले किपर अगाडि बढेको मौकाको गरेको फ्लिक बल गोलमा परिणतभएपछि अग्रता कायम हुन पुग्यो । पहिलो हाफमा अग्रता लिएको एपिएफलाई ५१ औं मिनेटमा सुनौलो संगमका अमृत गुरुङ्ले गरेको प्रहार किप्परको हातबाट भुत्कीएर गोल भएको थियो ।
खेल बराबरीमा पुगेपछि दवावको समाना गरेको एपिएफले ६७ औं मिनेटमा पुन युवराज खड्काको आकर्षक गोल गरेर खेललाई पुन अग्रता कायम गरेपनि एपिएफको अग्रता लामो समय भने टिक्न सकेन । खेलको ७४ औं मिनेटमा सुनौलो संगमका मनदीप थापालाई डिवक्समा लडाएपछि पाएको पेनाल्टीको अवसरलाई आशिष गुरुङ्को प्रहारले जाली चुमेपछि खेल बराबरीमा पुगेको हो ।
जित संगै सुनौलो संगमका नितिन थापा म्यान अफ द म्याच घोषित भई १० हजार रुपैंया नगद पुरस्कार प्राप्त गरेका छन् । भोलि बुधबार तेस्रो क्वाटर फाईनलमा थ्री स्टार क्लव ललितपुर र विदेशी टिम हिमालयन फूटवल क्लब मलेसियासँग खेल्ने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…