
पोखरा( खेलाडी न्युज) इण्डोनेशियाको जर्कातामा हुने १८ औं एशियाली प्याराग्लाइडिङ च्याम्पियनसिपको लागि विभिन्न इभेण्टमा पाईलट छनोट गरिएको छ ।
आज टिम क्रस कन्ट्री तर्फ बिशाल थापा, शुसिल भट्टराई, शेरबहादुर गुरुङ, बिमल अधिकारी, बिजय दाहाल, कृष्णबहादुर सुनुवार, आशिष थापा, निशिन थापा, सुरज थापा र अनिश भट्टराइ छनौट भएका छन । त्यसै गरी इन्डिभिजुअल एकुरेसी र टिम एकुरेसी तर्फ ऋषी पोडेल, युबराज सुनुवार, मदनकुमार सुनाुवार, सुवास थापा, अनिष भट्टराइ, युकेश गुरुङ, बिजय गौतम, सबिन राना मगर र बिशाल थापा छन । युकेश गुरुङ कान्छा खेलाडी हुन । १६ वर्षका युकेशले हाल एसइई परिक्षा समेत दिइरहेका छन ।
नेपालले एशियाली खेलको प्याराग्लाइडिङ तर्फ बाट दुइ वटा इभेन्टमा सहभागिता रहने महासचिव रावतले बताए । व्यक्तिगत एकुरेसी, टिम एकुरेसी र टिम क्रस कन्ट्रीमा खेलाडीहरुले प्रतिष्पर्धा गरेका थिए । सहभागी २१ खेलाडी मध्ये १० जनाले एशियाली खेलमा सहभागिता जनाउन पाउनेछन ।
पोखरामा एशियाडमा जाने प्याराग्लाइडिङ खेलाडी छनौट भएकोमा धेरैमा उत्साह छाएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष योगेश भट्टराइले नेपाली प्याराग्लाइडिङ खेलको २० वर्षे इतिहासमा नेपाली शाहसिक खेलले नयाँ मोड लिएको बताए । “हामी निकै उत्साहित छौ” उनले भने–“पर्यटन संगै यो खेल नयाँ सोचका साथ अगाडी बढने र राज्यको चासो समेत यसमा रहने छ,” उनले थपे– “प्रदेशको समृद्धीका लागि पनि यो खेलको बिकास र संरक्षण आवश्यक छ ।”
नेपालको पोखरा, धरान, स्याङ्गजा र सुर्खेतमा ब्यबसायिक हिसाबले प्याराग्लाइडिङ खेल्ने गरिए पनि पोखरा विश्वकै ‘टप टेन’ भित्र पर्दछ ।
नेपालमा टिम क्रस कन्ट्रीमा विश्वमा ‘टप टेन’ भित्र नेपालमा ६ जना खेलाडी समेत रहेकाले एशियाडमा प्याराग्लाइडिङ लाई चासोको रुपमा हेरिएको छ । एशियाली खेलमा ४५ देशले सहभागिता जनाउने भए पनि प्याराग्लाइडिङ तर्फ ३० भन्दा वढी देशको सहभागिता रहने अपेक्षा गरिएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…