
man of the match lalit
धनगढी(खेलाडी न्युज)—धनगढी टिम चौराहाले सिवाईसी चौराहालाई तीन विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । जितको लागि पाएको १५१ रनको लक्ष्यलाई धनगढीले अन्तिम चारबल बाँकी छदाँ लक्ष्य पुरा गर्दै खातामा २ अंक जोड्यो । चौथो बलमा दुई रन जोड्दै जित सुनिश्चित बनाएको थियो ।
जितसँगै प्लेअफको लागि सम्भावना बलियो बनाएको छ । राजेश पुलामी र रोहन मुस्ताफाले २२ र २५ रनको योगदान दिदैं उकासेपछि जितको लागि सहज बनेको थियो । यद्यपी आर रिजाल १०, एस धमलालाई ६ रनमै गुमाएको थियो । एस रानालाई पनि ७ रनमा गुमाएपछि धनगढी दबावमा रहेको थियो ।
घरेलु क्रिकेटमा पुनरागमन गरेका सुवास खकुरेलको टिम सिवाईसी अत्तिरियाले पी तामाङ र भी चन्द्रको २८—२८ रनको योगदानमा धनगढी टिम चौराहालाई जितको लागि १५१ रनको लक्ष्य दिएको थियो । आठ विकेटको क्षतिमा के. भुर्तेलले २५ रन हिर्काए ।
भी चन्द्रले नटआउट २८ रनको योगदान दिदैं टिमलाई उकास्ने प्रयासमा थिए । विदेशी खेलाडी एस झोरा केवल दुई रनमै एलबी डब्लुको शिकार भए । एस उराओ भने शून्य रनमा नटआउट बसे । उनले बलको सामना गर्न भने पाएनन् । कृष्ण कार्कीले १४ रन हिर्काए ।
दिपेन्द्रसिंह ऐरीले १९ रनको योगदान दिदाँ कप्तान सुवास खकुरेल भने १३ रनमा पवेलियन फर्किए । उनी सोमपाल कामीको बलमा आउट भएका थिए । ऐरी भने रोहन मुस्तफाको बलमा एलबी डब्लुको धरापमा परे । जी.चितकरा पनि १३ रनमै आउट भए । उनी समसद शेखको बलमा क्याच हुन पुगे ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…