
काठमाडौं (खेलाडी न्युज) तीन दिनपछि दुई इंग्लिस क्लब च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेशको लागि पहिलो लेगमा भिड्दै छन् । खेल तालिका सार्वजनिक हुदाँ म्यानचेस्टर सिटीले छिमेकी क्लब लिभरपुलसँग खेल्ने निर्णय हुन पुग्यो । आउँदो बिहीबार यी दुबै बीच प्रतिस्पर्धा हुने छ । प्रिमियर लिग लीडर सिटीलाई भने लिभरपुलका फरवार्डको गतिलाई रोक्ने चुनौतिमा विशेष ध्यान दिने सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको भनाई छ ।
च्याम्पियन्स लिगको क्वाटरफाइनलमा सिटी र लिभरपुलबीच नेपाली समयअनुसार बिहीबार राति साढे १२ बजे प्रतिस्पर्धा हुँदैछ । प्रशिक्षक पेप गार्डिओलाले लिभरपुलका तीन फरवार्डलाई रोक्नु नै आफनो ठूलो चुनौति भएको उल्लेख गरेका छन् । उनका अनुसार फरवार्ड रोक्न लगभग असम्भव हुने प्रतिक्रिया दिएका छन् । यद्यपी रणनीति बुन्नेमा आफनो ध्यान केन्द्रीत रहेको उनको भनाई थियो ।
च्याम्पियन्स लिगमा दुई इंग्लिस क्लब बाँकी रहेकोमा क्वाटरफाइनलमा दुवैको भेटले खेल महत्वका साथ हेरिएको छ । प्रिमियर लिगमा यसपटक लिग लिडर म्यानचेष्टर सिटीलाई हराउने एकमात्र टिम पनि लिभरपुल हो । १४ जनवरीमा लिभरपुलले सिटीलाई ४-३ ले हराएको थियो ।
खेलअघि सिटीका प्रशिक्षक ग्वार्डिओलाले मोहम्मद सलाह, रोबर्टो फर्मिनो र सादियो माने सिटीको मुख्य चुनौति भएको उल्लेख गर्दै रोक्न कठिन हुने स्पष्ट पारे । उनीहरुलाई रोक्न खेलाडीले त्यसै अनुसारको प्रदर्शन गर्नुपर्ने खाँचो उनले औंल्याएका छन् ।
लिभरपुलका मोहम्मद सलाह एक्लैले ३७ गोल गरेका छन् । माने र फर्मिनोले ३८ गोल गरेका छन् । सलाह युरोपियन गोल्डेन बुटका हकदार समेत हुन् । ‘सलाहको मात्रै डर होइन, माने र फर्मिनो पनि कडा छन् । उनीहरुलाई रोक्न लगभग असम्भव छ’ ग्वार्डिओलाको भनाई थियो । प्रिमियर लिगमा म्यानचेष्टर सिटीपछि सबैभन्दा धेरै गोल गर्ने टिम लिभरपुल नै हो । शीर्ष स्थानको सिटीले ३१ खेलमा ८८ गोल गरेको छ भने तेस्रोमा रहेको लिभरपुलले ३२ खेलमा ७५ गोल गरेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…