
धनगढी (खेलाडी न्युज)-ओपनर सुशान्त भारी र ए.श्रेष्ठले पहिलो विकेटको लागि ७२ रनको महत्वपूर्ण साझेदारी गर्दै उत्कृष्ठ शुरुवात गरेको काठमाडौं गोल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई १८७ रनको लक्ष्य दिएको छ ।
धनगढी प्रिमियर लिग क्रिकेट सिजन २ अन्तर्गत आज भएको प्रतिस्पर्धामा कप्तान ज्ञानेन्द्र मल्ललाई २० रनमा खेलिरहँदा पि.एस ऐरीले रनआउट गर्दै पवेलियन तर्फको संकेत गरेपछि इनिंग सन्नी पटेल र नरेश बुढाएरले सम्हालेका थिए । पी थापालाई १४ रनमा मल्ल भन्दा अघि नै गुमाईसकेको थियो । पटेलले ४८ रनको नटआउट खेल्दा बुढाएरले ३० रनमा नटआउटमा रहे ।
चार विकेटको क्षतिमा विशाल लक्ष्य दिने क्रममा पटेलले १९ बलमा पाँच चौका र तीन छक्का हिर्काए । बुढाएरले पनि १८ बलमा दुई चौका र दुई छक्का हाने । अन्तिम दुई बलमा दुई रनमात्रै जोडेका थिए । सुफ्यान मेहमुद, ए.एस राउटेला र बी.के भुषालले एक एक विकेट लिएका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…