
man of the match lalit rajbansi
धनगढी(खेलाडी न्युज)—धनगढी प्रिमियर लिग २, टी-२० को आज तेस्रो दिन महेन्द्रनगर युनाईटेडलाई आठ विकेटले पराजित गर्दै धनगढी टिम चौराहाले दोस्रो जित निकालेको छ ।
असफाक अहेमदले उत्कृष्ठ शुरुवात गर्दै ३० रन जोड्दै आधार तयार पारिदिएपछि एस. धमलाले नटआउट ४० रनको महत्वपूर्ण पारीमा धनगढीले १३२ रनको लक्ष्यलाई दुई विकेटको क्षतिमा १२ बल बाँकी रहँदा पुरा गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । रोहन मुस्ताफाले पनि ३९ रनको महत्वपुर्ण इनिङ खेल्ने क्रममा ३० बलमा एक चौका र ३ छक्का हिर्काए । इनिङ भने धमला र एस. तामाङले टुग्याए । तामाङले नटआउट १५ रन जोडे ।
टस जितेर व्याटिङ गरेको महेन्द्र नगर युनाईटेडले आठ विकेटको क्षतिमा १३१ रन बनाएको थियो । पी. मेहराले ४० रन हान्दै इनिङलाई उकास्ने प्रयास गरे । भुवन कार्कीले पनि ३२ रन बनाई पवेलियन फर्किए । पी. विष्टको व्याटबाट २४ रन निस्कियो । धनगढीका ललितनारायण राजवंशीले सर्वाधिक चार विकेट लिदैं म्यान अफ दि म्याचको हकदार बने ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…