
एजेन्सी—च्याम्पियन्स लिग जित्ने बार्सिलोनाको सपना इटालियन क्लब एएस रोमाले गएराती तुहाई दिएको छ । पहिलो लेगमा ४—१ को नजिता निकाल्दै च्याम्पियन्स लिगको सेमिफाईनल पुग्ने आशा जिवितै राखेको बार्सिलोना गएराती ३—० गोलले पराजित हुदा स्तब्ध बन्न पुग्यो ।
पहिलो लेगमा बार्सिलोनाले जित्दा एएस रोमाका प्रशिक्षकले रेफ्रीले गर्दा पराजित भएको आरोप लगाईरहँदा दोस्रो लेगमा भने रोमा बार्सिलोना विरुद्ध खरो उत्रिदैं पुनरागमन गर्यो । बार्सिलोनाकै घरेलु मैदानमा ३—० को नतिजा निकाल्दै उत्कृष्ठ लय समात्यो । समग्रमा ४—४ गोलको बराबरी रहेपनि अवे गोलको आधारमा एएस रोमा च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गरेको हो ।
रोमाले बार्सिलोनालाई घरेलु मैदानमै छैटौं मिनेटमा पछाडि पार्यो । इडेन जेकोको गोलमा रोमाले लिएको ५८ औं मिनेटमा दोब्बर हुन पुग्यो । ड्यानिली डी रोस्सीले पेनाल्टी मार्फत गोल गर्दै रोमाको अग्रतालाई फराकिलो बनाउन पुगे । जेरार्ड पिकेले डिबक्स भित्र फउल हिर्काएपछि पाएको पेनाल्टीलाई उनले सदुपयोग गरेका थिए ।
८२ औं मिनेटमा सेन्टर व्याक कोस्टाभ मानोलासले गोल गरेपछि रोमालाई च्याम्पियन्स लिगको सेमिफाईनल ढोका उघार्दा बार्सिलोना भने पहिलो लेगमा लिएको अग्रता उपलब्धी विहीन हुन पुग्यो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…