
पोखरा(खेलाडी न्युज) दोस्रो एलजी कपमा आयोजक एलजीका दुवै टोलीले अन्तिम चारमा आफनो स्थान सुरक्षित बनाएका छन् । सेमीफाइनलमा आयोज एलजी रातोले भण्डारढीकस्थित आर्दश युवाक्लबसँग फाईनल प्रवेशको लागि खेल्ने छ । त्यस्तै आयोजक एलजी ब्ल्याकले लेकसाईड फुटबल क्लबसँगै खेल्दै फाईनल प्रवेशको लागि खेल्ने छ । सेमीफाइनल र फाइनल खेल शनिबार सम्पन्न हुने आयोजकले जनाएको छ ।
कमल पोखराी युवा क्लबलाई फराकिलो गोलअन्तरले पराजित गर्दै आयोजक एलजी रातो दोस्रो एलजी कप सेभेन ए साईड फुटबल प्रतियोगिताको सेमिफाईनल प्रवेश गर्दा दोस्रो रोजाईको एलजी ब्ल्याक पनि अन्तिम चारमा आफुलाई प्रस्तुत गरेको छ । एलजी रातोले प्रतियोगिताकै सर्वाधिक गोल अन्तर ८—० ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो । एलजी ब्ल्याकले पनि सिक्स्टीनाईन एफसीलाई २—० गोलले पराजित गरेको थियो ।
लालिगुँरास य्ुबा क्लब पोखराद्वारा अमरसिंह खेल मैदानमा भण्डारढीकको आर्दश युबा क्लबले बुढीबजार युबा क्लबको चुनौतिलाई १–० गोलले पन्छायो । पोखरा भ्याली र लेकसाइड युबा क्लबको बीचको खेल भने पेनाल्टी सुटमा पुगेर टुंगियो । पेनाल्टीमा लेकसाईडले भ्याली स्पोर्टसलाई ४—३ गोले पराजित गरेको थियो । निर्धारित समयमा दुवै टोलीले २—२ गोलको बराबरी खेलेका थिए ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमा अस एजुकेशन कन्सलटेन्सी रहेको छ । प्रतियोगितामा ६४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताका संयोजक एवम संस्थाका कोषाध्यक्ष सुमन गुरुङले दिएको जानकारी अनुसार विजेता टिमले नगद १ लाख ५० हजार, दोश्रोले ८०, तेश्रोले २० र चौथोले १० हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । file pic


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…