
पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला फुटबल संघले एकेडेमीमा आवद्ध बाल खेलाडीको स्वास्थ्य परीक्षण शुरु गरेको छ । विभिन्न उमेर समूहका खेलाडीहरुको पहिलो चरणमा हाईट, प्रेसर, पल्स, बीएमआई तथा डाईटको बारेमा जानकारी दिदैं परीक्षण गरिएको थियो । नेशनल एकेडेमी अफ स्पोर्टस मेडिसिनका सदस्यद्वय विजय काफ्ले तथा सुष्मा क्षत्रीले खेलाडीको स्वास्थ्य परीक्षण गराएका थिए ।
स्पोर्टस मेडिसिनका सदस्य विजय काफ्लेले एकेडेमीका बच्चाहरुको पहिलो चरणमा सामान्य स्वास्थ्य परीक्षण गराई आवश्यक डाईटको बारेमा प्रशिक्षक तथा स्वय एकेडेमीका आवद्ध बाल खेलाडीलाई जानकारी दिईएको बताए । दोस्रो चरणमा उनीहरुको बायोमेकानिक्स, टे«निङ हार्ट रेट, रेस्पिरेटरी, फङ्सन टेष्ट(पिएफटी), स्पोर्टस इन्जुरी र डाईट न्युट्रिसन एसेस्मेन्टको बारेमा जानकारी दिईने बताए ।
उनका अनुसार खेल खेल्नु अघि वार्मअप अनिवार्य हुन्छ । वार्मअपपछि स्टे«चिङ गर्नुपर्छ । वार्मअप र स्ट्रेचिङपछि मात्रै खेलमा सहभागिता जनाउनु स्वास्थ्यका लागि निकै लाभदायक हुने उनको भनाई थियो । खेलसकिएपछि ‘कुल डाउन’को शारीरिक अभ्यास गर्नु झनै महत्वपूर्ण हुने उनले सुनाए ।
खेलाडीलाई खेल अगाडि र पछाडि गरिने अभ्यास तथा पोषण(न्युट्रिसन)को बारेमा खेलाडीलाई अनिवार्य रुपमा जानकारी हुन जरुरी छ । एम फर्मा क्लिनिकल सञ्चालक समेत रहेका काफ्लेले खेलाडीलाई खेल्नुपर्ने वार्मअप र स्ट्रेचिङ तथा खेलिसकेपछि कुल डाउनको एक्सरसाईज अनिवार्य रहेको बताए । खेलाडीको तौल, खेलको प्रकृति र खेलाडीले लगाउने जुक्ताले समेत खेलमा प्रभाव पार्ने उनको भनाई थियो । ‘फुटबल खेल्दा जुक्ता राम्रो शरीरलाई फिट हुने लगाउनुपर्छ ।’ उनले भने—‘जुक्ता र खुट्टा बीचको तादम्यता मिलेन भने राम्रो खेल्ने होईन, समस्या सृजना गर्छ ।’
जुक्ता खेलाडीको तौल अनुसार नमिलेको अवस्थामा खुट्टामा समस्या सृजना हुने उनको भनाई थियो । स्वास्थ्य रहने नाममा बढी शारीरिक अभ्यास गर्नु पनि हानिकारका रहेको उनले सुनाए । सानो उमेरमै बढी शारीरिक अभ्यास गर्न नहुने समेत उनको भनाई थियो । ‘उमेर अनुसार शारीरिक अभ्यास जरुरी हुन्छ ।‘ उनले भने—त्यो भन्दैमा बढी उमेरले बढी अभ्यास गर्नुपर्छ भन्ने आशय होईन् । शरीरले थाम्ने मात्रै अभ्यास गर्नु लाभदायक हुन्छ ।
शरीरमा पानीको मात्रा तथा मिनरल्सको मात्रा मिल्नुपर्ने उनले बताए । ‘पानी नहुदाँ शरीरको जोर्नी प्याट्ट प्याट्ट भाँचिन सक्छ ।’ उनको भनाई थियो । खेल खेल्दा इन्जुरी भएको ७२ घण्टासम्म चिसो आईसले सेक्नुपर्ने र त्यसपछि भने तातो पनि विशेष गरी विहानी समयमा मात्रै सेक्नुपर्ने उनको भनाई थियो । । मंगलबार विहान पोखरा रंगशालामा ५२ जना प्रशिक्षार्थीको स्वास्थ्य प्रशिक्षणको क्रममा प्रशिक्षक शम्भु केसी, राजेन्द्र तामाङ लगायत कास्की जिल्ला फुटबल संघका पदाधिकारीको समेत उपस्थिति थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…