
पोखरा(खेलाडी न्युज) सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले तेस्रो स्थानको लागि खेल्ने छ । बंगलादेश र किर्गिस्तान बीचको खेलमा पराजित टोलीसँग नेपालले तेस्रो स्थानको लागि खेल्ने छ ।
बुधबार पहिलो सेमिफाईनल खेल्दै नेपाल तुर्किमिस्तानसँग सोझो सेटमा पराजित भएपछि तेस्रो स्थानको लागि खेल्ने पक्का गर्यो । नेपाली राष्ट्रिय भलिबल टोली बंगलादेशमा जारी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा बलियो तुर्केमिनिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको छ।
समूह ‘ए’को उपविजेताको रुपमा अन्तिम ४ मा स्थान बनाएको नेपालले समूह ‘बी’ मा अपराजित तुर्केमिनिस्तानसँग २५-१४, २५-१८, २५-१९ ले पराजित भएको हो। नेपालले दोस्रो सेमिफाइनलमा पराजित हुने टोलीसँग तेस्रो स्थानको लागि भिड्नेछ। दोस्रो सेमिफाइनलमा समूह ‘ए’ को विजेता आयोजक बंगालदेशले आजै किर्गिस्तानको सामना गर्दैछ।
प्रतियोगिताको सेमिफाइनल विजेताबीच फाइनल र तेस्रो स्थानको खेल शुक्रबार हुनेछ । सेन्ट्रल जोन प्रतियोगिताको चौथो संस्करण आयोजना भईरहदा नेपालले पनि चौथो पटक सहभागिता जनाएको हो । यही प्रतियोगितामा नेपालले गतवर्ष कास्य जित्दै ४२ वर्षे भलिबल इतिहासमा ऐतिहासिक पदक हात पारेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…