
धन बस्नेत, पोखरा -शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुद शहरको रुपमा परिचित हुदैं गएको छ पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीयस्थल हो । समुद्रीसतहदेखि ८ सयमिटरमा उचाईमा रहेको पोखराको विशेषता सहासिक पर्यटन हो । साहसिक खेल पर्यटनको लागि पोखरा गन्तव्यस्थ नै मानिन्छ । ८ सय मिटरदेखि ६ हजार ९ सय ९१ मिटर अग्लो कुमारी माछापुच्छ्रे हिमालले पोखराको सौन्दर्यलाई झल्काई दिएको छ । सहासिक पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, वाल क्लाइम्बिङले पोखरालाई साहसिक खेलकुद ‘एडभेन्चर स्पोर्टस’ को गन्तव्य समेत बनाएको छ ।
पोखरा विशेषत राजधानी काठमाडौंदेखि करीव २ सय मिटर पश्चिममा पर्छ । ६ घण्टाको सवारी यात्रापछि पोखरा सहजै पुग्न सकिन्छ भने केवल २५ मिनेटको हवाईबाट पनि पोखरा सजिलै उत्रिन सकिन्छ । उसो त चितवनबाट १ सय ३६ किलोमिटर र सुनौलीबाट १ सय ८० किलोमिटर पश्चिम उत्तरमा अवस्थित पोखरा आन्तरिक र बाह्य पर्यटकको पहिलो रोजाईको गन्तव्यस्थल हो । ठुला तथा साना झण्डै साढे चार होटलले पर्यटकको सत्कारमा सदैव स्वागत गरिरहेको छ ।
। एडभेन्चर स्पोर्टसको रुपमा प्याराग्लाइडिङ, क्यानोनिङ, ¥याफ्टिङ, वाल क्लाईम्बिङ र पछिल्लो समय ट्रायथोलनले पोखरालाई एडभेन्चर स्र्पोट्सको गन्तव्य बनाईदिएको छ । प्याराग्लाइडिङ-सुन्दर मनले सुन्दर सपना देख्छ । देखेको सपना कहिलेकाँही साँचो हुन्छ । देखेको सपना पुरा गर्न धेरै पोखरा आउँछन् । अनि चरा झैं आकाशमा उड्ने पालेको सपनालाई साकार बनाउँछन् । कुनै बेला कौतुहलताको विषय बनेको प्याराग्लाइडिङ अहिले पोखरामा कम्पनीको आगमनले छ्यापछ्याप्ती देखिन्छन् ।
सराङकोट प्याराग्लाइडिङको लागि विश्वकै उत्कृष्ठ गन्तव्यस्थल हो । ‘प्याराग्लाइडिङ कम्पनी धेरै भईसके ।’ नेपाल हवाई खेलकुद संस्था(ना)का उपाध्यक्ष सोवित बानियाँ भन्छन्—‘शुरु शुरुमा विदेशी उड्थे तर अहिले आन्तरिक पर्यटक नै बढी उड्छन् ।’ भूकम्प जानु अघि चिनिया पर्यटक बढी हुन्थे । सफा मौसममा विहान १० बजेदेखि दिउँसो पाँचबजेसम्म पोखराको आकासमा प्याराग्लाइडिङ उडान देख्न पाईन्छ । १ हजार ४ सय ५० मिटरको उचाईको टेक अफबाट उड्दै फेवाताल किनारमा पुगेर ल्याण्ड हुन्छ ।
पोखरामा अहिले झण्डै चारदर्जन भन्दा बढी कम्पनी पुगिसकेका छन् । कम्पनीसँगै नेपाल हवाई खेलकुद संस्था(ना)ले पोखरालाई साहसिक खेलको प्रवद्र्धन गर्ने उद्देश्यसहित वर्षेनी खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप गर्दै आएको छ । प्याराग्लाइडिङकै प्रि वल्र्डकप समेत गरिसकेको छ । यसले पनि पोखरालाई साहसिक खेलको गन्तव्यस्थल बनाउन टेवा पु¥याएको छ ।
पोखरा सन १९९६ देखि प्याराग्लाइडिङ शुरु भएको हो । युरोपनमाा भने १९८० को दशकमा भएको थियो । बिरु बमजनले प्याराग्लाइडिङ भित्रएका हुन् । उनले बेलायती प्याराग्लाइडिङ पाईलट एडम हिलसँग मिलेर पोखरामा प्याराग्लाइडिङको थालनी गरेका हुन् । नेपाली पहिलो पाईलट भने राजेश बमजन हुन् । उनले १९९८ मा पोखराको सराङकोट उडान भर्दै पहिलो पाईलट बन्ने सौभाग्य पाएका थिए । ‘शुरुमा निकै कहाली लाग्दो, मनभित्र डर र एकखालको उत्सुकता थियो ।’ बमजनले भने—‘अहिले खासै हुदैन् ।’
¥याफ्टिङ÷कायाकिङको रौनक सेती नदीमा जलयात्रा(¥याफ्टिङ) शुरुवात मात्र एक दशक वितेको छ । उपल्लो सेतीमा जलयात्रा गर्न स्वीकृति प्रदान गरेपछि रौनकता बढेको हो । एडभेन्चर गेमको मुख्य आकर्षकको रुपमा रहेको सेती नदीमा साहसिक जलयात्राको सम्भावना भएर पनि ओझेलमा परेको थियो । सेतीमा केवल दुईदेखि तीनघण्टाको अवधिसम्म जलयात्रा गर्न सकिन्छ । मर्दीको दोविल्लाबाट शुरुभई सिम्पानीस्थित नदीको बाँधसम्म करिव १२ किलोमिटर जलयात्रा गर्न उपयुक्त हुने विज्ञहरु बताउँछन् ।
उपल्लो सेतीमा जलयात्राको अति नै जोखिम नदीको रुपमा लिइने गरिन्छ । सारै नै खोंचमा बहने, त्यसमा पनि पटकैपिच्छे ठुला चट्टानहरु भेटिने हुनाले जोखिमसहित पुर्ण सन्तुष्टि मिल्ने अनुभवीहरुको भनाई छ । उपल्लो सेती बढी रक्की, रिस्की र रफ छ ।’ जलयात्रा गर्दा जति बढी रिस्कीहुन्छ उति नै मजा हुन्छ । उपल्लो सेतीमा केवल एक महिनामात्र जलयात्रा उपयुक्त हुने गर्छ । सेप्टेम्बर १५ देखि अक्टोबरको १५ सम्म जलयात्रा गर्न अति उपयुक्त हुने रोभर ट्रेकिङ एजेन्सीका कार्यकारी अध्यक्ष डम्बरबहादुर केसीले बताए ।
तमोर,अरुण, तामाकोशी, सुनकोशी, त्रिशुली, मस्र्याङ्दी, कालीगण्डकी, बुढीगण्डकी, कर्णाली, भेरी, पुर्वको बलेसी खोला, सेती र उपल्लो सेती नदीमा जलयात्रा सञ्चालनको स्वीकृति दिइएको छ । ती नदीहरुलाई पानीको बहावको आधारमा त्रिशुली, उपल्लोसेती, सेती, बलेसी खोला, बुढी गण्डकीलाई ३, कर्णाली, भेरी, तमोर, काली गण्डकी, सुनकोशीलाई ४ र अरुण, मस्र्याङदी, दुधकोशी, भोटेकोशी र तामाकोशीलाई ५ ग्रेडिङ गरिएको छ ।
सगरमाथा आरोहण गर्ने पहिलो विदेशी सर एडमण्ड हिलारीले सन १९६९ अप्रिलमा नेपालमा जलयात्राको प्रारम्भ गरेका हुन् । उनले शुरुमा सवैभन्दा बढी जोखिम रहेको सुनकोशी नदीमा गरेका थिए । सन १९६९मा पहिलो पटक हिलारी सफल जलयात्रा गरेपछि विस्तारै नेपालीहरु माझ लोकप्रिय बन्न पुग्यो । सन १९७५ मा हिमालयन रिभर एक्प्लोरेशन नामक कम्पनीले व्यवसायिकता प्रदान गर्न अग्रसर रह्यो । त्यो समयमा केवल त्रिशुली सुनकोशी र दमौलीस्थित सेतीमा मात्र जलयात्रा गरिने गरिन्थ्यो । सन १९९१ मा पोखरामा रेजिङ रिभर रनर्स कम्पनीको स्थापनापछि जलयात्राको प्रारम्भ भएको हो । वाल — रक क्लाइम्बिङ -जति बढी रिस्क्की भयो उति नै बढी रोमान्सको अनुभूति । ठाडै भिरालो पहाड चढन होस या डोरी लाएर सयौं फिट तल फाल हाल्न । जोखिमको त सीमा नै छैनन साहसिक खेलमा । यस्तै साहसिक खेलमा मन जान्छ धेरैको ।साहसिक खेलको एकमात्र ठाँउ बन्न पुगेको छ यतिबेला पोखरा । प्राकृतिक दृष्टिकोणले विश्वको स्वर्गको उपनाम पाएको पोखरामा सस्कृतिदेखि साहसिक खेलसम्मको अनुभव लिन पाइन्छ । सस्कृति हेर्न क्षेत्रीय संग्रहालय, पुतलीसम्बन्धी सम्पुर्ण जानकारी लिन अन्नपुर्ण संग्रहालय, बीर गोर्खालीको कथा र गाथाको परिचय दिन्छ गोर्खाली संग्रहालयले । अनि साहसिक आरोहणको कथा बोकेको छ अन्तराष्ट्रिय पर्वतीय संग्रहलायले । पर्वतीय संग्रहालयको अवलोकनले सघाउँछ हिमाल आरोहण गर्न । सगरमाथादेखि विश्वका सम्पुर्ण हिमाल सफल आरोहणका परिदृष्य देख्न पाइन्छ । हिमाल आरोहणको लागि पाठ सिकाँउछ संग्रहालय परिसरमा निर्माण गरिएको कृत्रिम आरोहण पर्खाल(क्लाइम्बिङ वाल)ले ।
पर्खाल पर्वतारोहण सम्बन्धी आधारभूत ज्ञानदिने माध्यम बनेको नेपाल पर्वतारोहण संघ अन्नपूर्ण च्याप्टरका पुर्व अध्यक्ष जीवनराज सापकोटा बताउँछन् । उनी भन्छन् —पर्वतारोहणको लागि पाठशाला नै हो ।’ नेपालमा यस्ता कृत्रिम पर्खाल केवल दुईवटा मात्रै छन् । राजधानी नजिकै ककनीमा र पोखराको पर्वतीय संग्रहालय हाताभित्र । ककनीमा गतवर्ष निर्माण गरिएको हो । त्यसको उचाई केवल १२ मिटर अग्लो छ । पोखरामा भने यसै महिनाको पहिलो साता निर्माण पुरा भएको हो । झण्डै २२ मिटर अग्लो छ जुन नेपालकै अग्लो कृत्रिम चट्टान आरोहण पर्खाल हो । ६७ दिनको समय लगाएर करीव ८ लाखको लागतमा गणतन्त्र फ्रान्सका प्राविधिक हेनरी सिगारेटले निर्माण गर्नुभएको हो फ्रान्सेली राजदूतको आर्थिक सहयोगमा । पर्खाल निर्माणले पोखरालाई साहसिक पर्यटनस्थलको रुपमा परिचय दिएको छ
क्यानोनिङ-नेपालमै पहिलो पटक दुई साताअघि मात्रै कास्कीमा क्यानोनिङ प्रतियोगिता आयोजना गरियो । पानीको छहरामा डोरीको सहायताबाट माथि चढ्ने र झर्ने खेल क्यानोनिङ प्रतियोगिताले नयाँ आयाम थपिदियो । नेपालका विभिन्न क्यानोनिङ कम्पनीका क्यानोनिङ गर्ने गाईडहरुको सहभागिताले रौनकता थपेको थियो ।
क्यानोनिङ प्रतियोगिताको उपाधि सुनिल गुरुङले जितेका थिए । उनले ५० मिटर अग्लो छहरामा नट पास(डोरीले गाँठो पार्दै माथि उक्लने र झर्ने) गर्दै चार मिनेट २६ सेकेण्ड समयमा उक्लिएर झर्दै प्रथम पुरस्कार जितेका हुन् । पोखरा क्यानोनिङ प्रालि तथा विरेठाँटी क्यानोनिङ प्रालिको संयुक्त आयोजनामा अन्नपुर्ण गाउँपालिका अन्तर्गत विरेठाँटी छहरामा आयोजित प्रतियोगितामा नेपालका २० क्यानोनिङ गाईडले सहभागिता जनाएका थिए ।
साहसिक खेल क्यानोनिङको प्रवद्र्धन गर्न उद्देश्यले पहिलो पटक क्यानोनिङ प्रतियोगिता आयोजना गरिएको पोखरा क्यानोनिङ प्रालिका निर्देशक राम गुरुङले बताए । चीनबहादुर प्यारी प्रतिष्ठानको मुख्य प्रायोजन रहेको प्रतियोगितामा कास्की, भोटेकोशी, ककनी, सुन्दरी जल, लम्जुङ, बाग्लुङ(हटिया), पर्वत(दुर्लुङ)मा रहेको क्यानोनिङका गाईडहरुको सहभागिता रहेको थियो ।
नेपालमा क्यानोनिङ गर्ने गाईडको स्वीकृति पत्र(लाईसेन्स) छैन् । स्वीकृति पत्र नहुदाँ साहसिक खेलसँगै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन सकिएको छैन् । क्यानोनिङस्थल अन्नपुर्ण संरक्षण क्षेत्र भित्र पर्छन् । क्यानोनिङ संरक्षण र सम्बद्र्धन गर्न नीतिगत निर्देशिकाको अभावले समस्या छ । पोखरा क्यानोनिङ प्रालिले वर्षेनी क्यानोनिङ सम्बन्धी प्रशिक्षण समेत दिदैं आएको छ । ४० जनाले प्रशिक्षण लिईसकेका छन् । क्यानोनिङको लागि अमेरिकन क्यानोनिङ एकेडेमीले प्रशिक्षण दिने गरेको छ । ट्रायथोलन-साहसिक खेल ट्रायथोलन । स्वीमिङ, साईक्लिङ र रनिङ एकै साथ हुन्छ । स्टाडण्र्ड र स्प्रिन्ट दुई इभेण्टमा प्रतिस्पर्धा हुन्छ । पोखरामा साउथ एशियन ट्रायथोलन च्याम्पियन छ पटक भईसकेको छ । पछिल्ला चार संस्करण पोखराको फेवातालमा आयोजना गरिएको थियो । शुरुका दुई संस्करण भने बेगनाथ तालमा आयोजना गरिएको थियो ।
कास्की ट्रायथोलन संघका अध्यक्ष सुमन देवकोटाले ट्रायथोलनको स्प्रिन्ट तर्फ प्रतिस्पर्धा बढी हुने गरेको छ । विशेष गरी एक्वाथोलन, द्ववाथोलन र ट्रायथोलनमा प्रतिस्पर्धा हुने गरेको छ । विदेशमा पेन्टाथोलन समेत हुने गरेको छ । तर नेपालमा भने यसको प्राक्टिस भईसकेको छन् । राष्ट्रिय तथा साउथ एशियनस्तरीय प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडीले सहभागिता जनाउँदै आएका छन् । यसले पनि पोखरामा ट्रायथोलनको अथाह सम्भावना रहेको छ भन्ने सन्देश दिएको छ । प्रतियोगिता आयोजना गर्ने आवश्यक पुर्वाधार छ भन्ने सकिने अवस्था पछिल्लो छ सस्करणका प्रतियोगिताले भने देखाईसकेको छ ।
अन्तराष्ट्रिय खुल्ला तथा छैटौं दक्षिण एशियाली ट्रायथोलन च्याम्पियन आयोजना गरिसकिएको छ । त्यसले पनि नयाँ आयाम थपेको छ । स्प्रिन्ट अन्तर्गत ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड हुने छ । ‘पौडी फेवातालमा गराएको थियो । हिमालयन क्लबले पोखराकै बेगनासतालमा पहिलो र दोस्रो सस्करणको ट्रायथोलन च्याम्पयनसिप गरेको थियो ।
पोखरालाई ट्रायथोलनको एकेडेमीक सेन्टर बनाउने अभियान पनि अगािड बढाइएको छ । राष्ट्रिय खेलकुद परिषदले एकेडेमीको लागि आवश्यक अध्ययनको लागि २५ लाख रुपैयाँ सुनिश्चितताको बजेट विनियोजन गरेको छ । त्यसबाट आवश्यक अध्ययनसँगै प्रतिवेदन तयार पारी परिषदमा पेश गरिए थप आवश्यक बजेट विनियोजन हुनेमा विश्वास रहेको ट्रायथोलन संघले जनाएको छ । कास्कीको पुम्दीभुम्दीमा खास गरी प्रशिक्षणमा आउने खेलाडी बस्ने आभाषसहितको भौतिक पुर्वाधारसहितको एकेडेमी बनाउने अभियान ट्रायथोलन संघले लिएको छ ।
बञ्जीजम्प-प्याराग्लाईडिङ, अल्ट्रालाईट, ¥याफ्टिङ लगायतका साहसिक गतिविधिमा रमाएका पर्यटक बञ्जीको स्वादमा पनि रम्न पाएका छन् । तीन वर्ष अघि मात्रै पोखरामा जिपफ्लायर सेवा संचालन गरेको हाईग्राउण्ड एडभेन्चर्सले बञ्जीजम्प भित्रयाएको हो । व्यवसायीक घरानाका तीनजना युवा मिलेर बञ्जीजम्प सेवा सुरु गरेका हुन् । गोल्छा अर्गनाईजेशन र मंगलम गु्रपको संयुक्त लगानीमा पोखरासँगैको हेम्जामा बञ्जीजम्प सुरु गरिएको हो ।
हेम्जामा बनाईएको यो नेपालकै एकमात्र टावर बञ्जी हो । डाँडाको ठुप्पोमा टावर खडा गरेर ४५ मिटर लामो
पुल आकारको हामफाल्न मिल्ने ठाउँ बनाईएको छ । त्यसैबाट ७० मिटर तल रहेको याम्दी खोलाको किनारमा बनाईएको पानीपोखरीमाथि झुण्डिएर पर्यटकले मनोरञ्जन लिन सक्नेछन् । ‘टावर बञ्जी नेपालमा थिएन । त्यसैले पनि नौलो छ’ सञ्चालक शरद गोल्छाले भने, ‘यसले पक्कै पनि पर्यटकलाई मनोरम दिलाउनेछ ।’ नेपालको यो दोश्रो बञ्जी हो । तीनवटा विधिबाट सुरक्षाको प्रवन्ध गरिएको यहाँको बञ्जीमा जम्प गर्न साहस चाहिने उनले बताए ।
हामफालेर ओर्लने ठाउँमा पानीको १० फिट गहिरो पोखरी बनाईएको छ । पोखरीमा डुंगा पनि राखिएको छ । माथिबाट हाम फालेका पर्यटकले त्यहि पोखरीको डुंगामा ओर्लन मिल्ने गरि बनाईएको छ । ‘खुला चौर र खोलाको किनारमा हामफाल्दा मानसिक रुपमा केही त्रसित हुनसक्छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…